काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धी मुद्दामा बहस सकिएको छ। कार्कीको पक्षमा बुधबारदेखि बहस सुरु भएको थियो। उनको पक्षमा भएको बहस शुक्रबार सकिएको थियो।
आइतबार निवेदन पक्षको वहस सकिएपछि सर्वोच्चले फैसला गर्न बाँकी छ। अहिले सवोच्चमा न्यायाधीशहरु छलफलमा जुटेका छन्। अधिवक्ता ओमप्रकाश अर्यालले कार्की विरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए।
प्रकाशित: २४ पुस २०७३ ०८:२८ आइतबार