२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

महिलासँग सम्बन्धित मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन

सुर्खेत- प्रधानन्यायाधीश सुशीला कार्कीले महिलासँग जोडिएका मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन दिएकी छन्। उनले न्यायमा महिलाको पहुँच बढाउन र उनीहरुलाई न्यायको अनुभूति दिनका लागि चाँडो मुद्दाको टुङ्गो लगाउनुपर्ने आवश्यकता रहेको औल्याइन्। प्रधानन्यायाधीश कार्कीले आर्थिक विपन्नताले पनि महिलाहरु अदालतको ढोकासम्म आउन नसकेको भन्दै कोर्टफीमा छुट र निःशुल्क कानुनी सहायता बढाउन पनि आग्रह गरिन्। 

‘महिलामाथि हुने हिंसाको अन्त्यका लागि उनीहरुसँग जोडिएका मुद्दाहरु तीन महिनाभित्रै फैसला गर्नुहोस्, यो मेरो आग्रह होइन् निर्देशन हो’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित न्यायमा महिलाको पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘यसका साथै विपन्न महिलालाई न्यायलयसम्मको पहुँच बढाउन कोर्टफी शुल्क छुट र निःशुल्क कानुनी सहायताका कार्यक्रम बढाउन लाग्नुहोस्।’

प्रधानन्यायाधीश कार्कीले गरिव, विपन्न वर्ग, क्षेत्र र निमुखाका लागि भन्दा पनि ठूलाबडाका लागि मात्रै अदालत स्थापना गरिएजस्तो देखिएको भन्दै यसको अन्त्य जरुरी रहेको बताइन् । उनले अन्तिम न्याय पाइने स्थान अदालत भएकाले अदालतका बारेमा ग्रामिणस्तरसम्म जनचेतना फैलाउनुपर्ने बताइन्।

 

प्रकाशित: १५ पुस २०७३ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App