१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काबुल हमलाकारीले यसको मूल्य चुकाउनुपर्छः बाइडेन

बाइडेनले भनेका छन्, यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छौं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ। हामी माफ गर्ने छैनौं।

भूकम्पपीडितलाई ओसाकाको सहयोग

सर्वाधिक कमाइ गर्ने महिला टेनिस स्टार ओसाका व्यक्तिगत रूपमा पनि क्यारेबियन राष्ट्र हाइटीसँग जोडिएकी छन्। उनका पिता हाइटीका नागरिक थिए। शनिबार नै उनका पिताको जन्मदेश हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो।

जो बाइडेन र भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डमा पहिलो प्रत्यक्ष भेटवार्ता

दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार भएका हुन्। यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले सुरु गर्नेछ ।

छिट्टै कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ। आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन्।

जो बाइडेनका सय दिन

अमेरिकाका सबै राष्ट्रपति जस्तै बाइडेन पनि शक्तिशाली र प्रभावशाली छन् तर उनका सुरुका सय दिनलाई फर्केर हेर्दा अमेरिकी राष्ट्रपति जतिसुकै शक्तिशाली र प्रभावकारी भए पनि काम गर्ने परिस्थितिमा भने उनीहरूको नियन्त्रण नहुने प्रष्ट छ।

अमेरिकी राष्ट्रपतिद्वारा नेपाली नयाँ वर्षमा शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्। साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन्।

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन्। उनले मंगलबार सो कुराको घोषणा गरेका हुन्।

अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेकाे १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन्।

बाइडेनको पहिलो सय दिनको योजनाः महामारी नियन्त्रण पहिलो प्राथमिकता

झन्डै नौ दशक पछि अर्को डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसको नेतृत्व लिएका छन्। उनका सल्लाहकारहरू भन्छन, 'बाइडेनकोे पहिलो प्राथमिकता महामारी नियन्त्रणमा हुनेछ। आर्थिक अवस्था सुधार गर्नु पनि उनको मुख्य एजेन्डा हो।'

राष्ट्रपति बाइडेनका चुनौतीः तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए। निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो, खासगरी कोरोना भाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर परेको मुलुक अमेरिका नै भएकाले पनि यसको असर निकै बढी रहेको अनुमान गर्न सकिन्छ।

बाइडेन विजयको अर्थ

अमेरिकी निर्वाचनमा आफ्नो पराजयपछि सत्ता हस्तान्तरण प्रक्रियामा अवरोध गर्दै आएका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः असफल भए । ४६औँ राष्ट्रपति जो बाइडेनले बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । बाइडेनले सत्ता सम्हालेसँगै ट्रम्पको समयमा भएका गलत निर्णय उल्ट्याउने प्रक्रिया समेत थालिसकेका छन् ।

अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा बाइडेनले सपथ लिँदै

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बुधबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गरेका उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो ।

अमेरिकामा आपत्: विश्व जगतले गर्‍यो भत्सर्ना, बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता

निर्वाचनलाई लोकतन्त्रको आत्मा भनिन्छ। त्यसैले लोकतान्त्रिक व्यवस्थामा जनअभिमत प्राप्त व्यक्तिलाई मुलुकको शासन व्यवस्थाको बागडोर सुम्पने गरिन्छ। विश्वभर अभ्यास भइरहेको लोकतान्त्रका सन्दर्भमा विश्वशक्तिका रूपमा हेरिने अमेरिकाको अभ्यासलाई उच्चतम र उदाहरणीय व्यवस्था मानिन्छ। त्यस्तो उच्चतम व्यवस्था भएकै ठाउँमा निर्वाचन प्रणालीबाट चुनिएका बहालवाला राष्ट्रपतिले नै व्यवस्थामाथि हमला गर्छन् भने बाँकी विश्वले के अपेक्षा गर्ला ?

चुनावमा धाँधलीको आरोप लगाउने ट्रम्पकै कर्तुत पर्दाफास, गाेप्य फोन संवाद सार्वजनिक

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको निर्वाचनमा आफूलाई जिताइदिन निर्वाचन अधिकारीलाई आग्रह गरेको खुलासा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्