१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुल हमलाकारीले यसको मूल्य चुकाउनुपर्छः बाइडेन

अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ। 

चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडेनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन्। पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो। बाइडेनले भनेका छन्, यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छौं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ। हामी माफ गर्ने छैनौं।

अमेरिकीलाई आफ्नो काममा आतंकवादीले रोक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन्। मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए। बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ।

प्रकाशित: ११ भाद्र २०७८ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App