coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावमा धाँधलीको आरोप लगाउने ट्रम्पकै कर्तुत पर्दाफास, गाेप्य फोन संवाद सार्वजनिक

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको निर्वाचनमा आफूलाई जिताइदिन निर्वाचन अधिकारीलाई आग्रह गरेको खुलासा भएको छ।  

जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारी रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरलाई भोटको व्यवस्था गरिदिन भन्दै गरेको फोन संवाद सार्वजनिक भएको हो।  

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङमा ट्रम्पले रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘मलाई बस्, ११,७८० भोट चाहियो।’

जसमा रेफनस्पर्जरले भने जर्जियाको नतिजा सही भएको बताइरहेका छन्।  

चुनावमा धाँधली भएको भन्दै आफ्ना प्रतिद्वन्दी जो बाइडेनको जितलाई अस्वीकार गरिरहेका बेला उनकै कर्तुत पर्दाफास भएको हो।  

जर्जियामा डेमोक्रेट उम्मेदवार बाइडेनले जितेका छन्। उनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २३२ मत पाएका छन्।  

अमेरिकाका सबै ५० राज्यले निर्वाचनको नतिजा प्रमाणित गरिसकेका छन्।  ट्रम्पले बाइडेनको जितविरुद्ध दिएका ६० निवेदन अदालतले खारेज गरिसकेका छन्। अब बाइडेनले यही जनवरी २० मा राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दै छन्।  

प्रकाशित: २० पुस २०७७ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App