उपरथी शाही सैनिक हिरासतमा
जंगी अड्डाले ‘पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि उपरथी प्रेम शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । त्यसैअनुसार नियमित कामका लागि मंगलबार जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरेको हो।