८ वैशाख २०८१ शनिबार
अर्थ

टाटाका नक्कली पार्टपुर्जा बेच्ने पक्राउ

नेपाल प्रहरीले काठमाडौंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारेर पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ।

रौनियारले लामो समयदेखि भारतबाट अबैध रूपमा नक्कली पार्टसहरू झिकाइ बिक्रीवितरण गर्दै आइरहेको जनगुनासो व्यापक आएपछि प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा उनले टाटाका नक्कली पार्टस बिक्रीवितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमति-पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराइ छाडिएको प्रहरीले जनाएको छ।

रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तीहरू पनि अबैध कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन्। प्रहरीले अन्य संकास्पद स्थानहरूमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरूमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ।

प्रकाशित: १५ पुस २०७९ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App