५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुनाथिलाकालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

क्रिकइन्फोका अनुसार ३१ वर्षीय गुनाथिलाकालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको एक  होटलबाट आइतबार बिहान पक्राउ गरिएको हो। प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि गुनाथिलाकासँग भेटिन्, त्यसपछि बुधबार २ नोभेम्बरको साँझ उनले यौन दुव्र्यवहार गरेको आरोप लगाइएको छ’, न्यू साउथ वेल्स प्रहरीको बयानमा भनिएको छ।

उनीमाथि सहमति बिना यौन संभोगको चारवटा आरोप लगाइएको छ। गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए। नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय र ४६ टी-२० खेलेका छन्।

आइतबार एससीजीमा भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंकाको प्रतियोगिता समाप्त भएको हो।

प्रकाशित: २० कार्तिक २०७९ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App