coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्मदिन मनाउन होटलमा बोलाएर जबरजस्ती करणी गर्ने पक्राउ

जन्म दिन मनाउने बहानामा होटलमा बोलाएर जबरजस्ती करणी गर्ने दुई किशोर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर २३ र २४ गते तीन जनाले जन्मदिन मनाउने भनि होटलमा बोलाएर तीन जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङ पक्राउ गरेको हो। मंसिर २३ गते १५ वर्षकी नाबालिकालाई होटलमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा बागलुङ गलकोटन नगरपालिका-९ घर भई कास्की पोखरा महानगरपालिका-८ सिर्जनाचोक बस्ने २५ वर्षका अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो।  

रातीको १० बजे किशोरीलाई होटलमा बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। मंसिर २४ गते राती १२ बजे १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने धादिङ स्थायी घर भई पोखरा महानगरपालिका-८ बस्ने १९ वर्षका सन्दिप तामाङ र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मी अर्मेनी घर भई पोखरा महानगरपालिका-१७ बस्ने १९ वर्षको राहुल थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले बताए। २५ गते पक्राउ परेका उनीहरु विरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दायर गरी जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको थापाले जानकारी दिए।  

सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएको आधारमा होटलमा बोलाएको बुझिएको उनले बताए। ‘पोखरा बस्ने भए पनि केटाहरु बागलुङमा ठेक्कापट्टाको काम गर्ने गर्छन्,’ उनले भने,‘किशोरीहरुसंग पहिले देखि नै समाजिक सञ्जाल मार्फत चिनजान भएको भन्ने देखिएको छ। जन्मदिन मनाउन भनेर होटलमा बोलाएर जबरजस्ती गरिएको भन्न्ने छ। हामीले म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं।’

प्रकाशित: २७ मंसिर २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App