डोल्पाको जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु
धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ।
धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ।
बुद्ध एयरको पोखरा व्यवस्थापक गौतम बरालले विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको समय अगाडीको आकस्मिक ढोका यात्रुले अकस्मात खोलिदिएको नागरिक न्यूजलाई बताए।
केही दिनअघि मात्र सोलुखुम्बूमा हेलिकोप्टर दुर्घटना भयो। जसमा ६ जनाको मृत्यु भयो। एकजना चालक नेपाली थिए भने ५ जना मेक्सिकोका नागरिक थिए।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।
भरतपुर विमानस्थलमा २०१९ सालदेखि उडान सुरु भएको थियो। यो विमानस्थल ५८ विघामा रहेको छ। तर, यसको विस्तार भने अझै हुन सकेको छैन।
सरकारले सुदूरपश्चिमका नौ वटै जिल्लामा विमानस्थलका लागि बजेट विनियोजन गर्यो। विमानस्थल नभएका जिल्लामा सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरियो।
सडक सम्पर्कबाट अलग्गिएका मनाङवासीलाई अत्यावश्यक आउजाउमा हवाई यातायात विकल्प थियो। तर जिल्लाको विमानस्थल उपयोग गर्नेतर्फ कसैको ध्यान गएको छैन। हेलिकप्टर चार्टर गरेर दिनहुँ महँगोमा दैनिक उपभोग्य वस्तु ओसारपसार भइरहेको छ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा कम्तिमा ४२ सिटे क्षमताका जहाज बस्न मिल्ने गरी स्तरोन्नती गर्ने गृहकार्यका लागि प्रारम्भिक सम्भाव्यता थालिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट सुरु हुँदैछ। आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम सुरु हुँदैछ।
इलाम नगरपालिका–९, गोलाखर्कछेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबका १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ। समय समयमा विविध कारणले अवरोध हुँदै आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा महत्वपूर्ण र मुख्य काम धावनमार्ग अन्ततः मंगलबार तीन किलोमिटर पिचिङ गर्दै सकिएको हो।
आफूले जागिर खाएको संस्थाको सबैभन्दा ठूलो पदमा पुग्ने। यसअघि पनि विमानस्थलमा कर्पोरेट प्रमुख भएर मैले १० वर्ष काम गरिसकेको थिए। अलिकति बेथिति हो कि, गर्नुपर्ने कुरा गरेनौं कि भन्नेचाहिं मलाई सधैं लाग्थ्यो।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनमा राख्दै प्राथमिकतामा पारेको यो विमानस्थल निर्माण गति तीव्र रुपमा भइरहेको छ । धावनमार्ग पूरा भएको आयोजनाले बताएको छ । धावनमार्ग बाहेकका पूर्वाधार पनि धमाधम निमाण भइरहेको आयोजनाले बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा विमानस्थल बन्द हुनेछ।
पोखरा विमानस्थल धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ । मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछि भोलिपल्ट ६ बजेसम्मका सबै उडान र अवतरण बन्द गरिने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।