५ आश्विन २०८१ शनिबार
image/svg+xml

अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

मोटरसाइकल चोर्ने २ भारतीय नागरिक पक्राउ

कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी –९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

देशभरीबाट जुवातास खेल्ने ९० जना पक्राउ

तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मुगु हत्या घटना : पक्राउ परेका आरोपित दुई जना सार्वजनिक

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

मुगुमा परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ

मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको हो । ‘दुई जना पक्राउ परेका छन् थप अनुसन्धान हुँदैछ’, सिआइबी स्रोतले भन्यो ।

नक्कली प्रहरी नियन्त्रणमा

आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो।

नक्कली नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ

प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन्।

सरकारी मोटरसाइकल चोरीको आरोपमा तिन पक्राउ

सरकारी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ।रौतहटको फतुवा विजयपुर नगरपालिकाको नाममा रहेको सरकारी नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेको हो।

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन्।

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् ।

सरार्फको हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ।

बालिका बलात्कार आरोपमा युवक पक्राउ

आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्