१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

युवा छटपटी

अहिले आएर एक विद्यार्थीको सर्टमा लेखिएको बिदाइ सन्देशले भने आशाको सञ्चार गरेको छ। ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०– सहसचिव’ को समयरेखाले धेरैलाई ‘कालो बादलमा चाँदीको घेरा’ देखाइदिएको छ।

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा तीनजना पक्राउ

करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ।

इरान–पाकिस्तान विवाद साम्य, दुबै देशका राजदूतहरू पुनः काममा फर्किने

दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने भएको छ।

नागरिकमाथि निगरानी

नागरिकको गोपनीयतामाथि केही समययता विभिन्न नाममा हस्तक्षेपको खतरा बढ्दो छ। लोकतन्त्रका नागरिकको गोपनीयताको हक रक्षा राज्यको कर्तव्यभित्र पर्छ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्रीबिचको टेलिफोन वार्तामा नेपाल–भारतबिच आपसी हितका विविध विषयमा समीक्षा गरिएको बताइएको छ।

तीन सातादेखि टेलिफोन अवरुद्ध

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाका अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगुका सोरु गाउँपालिका सञ्चारबिहीन भएका छन्।

हिमपातले यातायात, टेलिफोन र विद्युत सम्पर्क टुटायो

हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटेको छ। हिमाली जिल्लासम्मको यातायात पनि अवरुद्ध भएको छ।

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।

चुमनुब्री गाउँपालिकाको केन्द्रमा एक सातादेखि टेलिफोन अवरुद्व

त्यहाँ सञ्चालित एक मात्र स्काई प्रविधिको फोन सेवा एकसातादेखि अबरुद्व भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ। दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ।

सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन्।

अनावश्यक फोनले चिकित्सकलाई हैरानी

कोरोना त्रास फैलिएका बेला सर्वसाधारणलाई फोनबाटै सल्लाह दिने तयारीमा बसेका चिकित्सकहरु अनावश्यक फोन कल र प्रश्नले हैरान बनेका छन्। सरकारले कोरोनाकै लागि भनेर तयार राखेका चिकित्सकहरु अन्य समस्याका विरामीले तारान्तार फोन गरेर सोध्ने गरेको बताउँछन्।

चिकित्सकसँग कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने (फोन नम्बर सहित)

नेपाल चिकित्सक संघले कोरोना भाइरस ( कोभिट–१९) संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ। संघले देशका सम्पूर्ण नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरि परामर्श लिन सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्