१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

संबिधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेस निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सार्वजनिक गरेको नक्सालाई संविधानको अनुसूचीमा समावेस गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

धन्यवाद ! ओली सरकार

यसपटक ओलीलाई सत्तामा टिकाउन चीनको राजनीतिक चलखेल भन्दा राजनाथको ‘बाटो उद्घाटन प्रकरण’ ले बढी भूमिका खेलेको छ।

नयाँ नक्साको स्वागत

संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को सोमबार बसेको विस्तारित भर्चुअल बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने नेपाल सरकारको कामको स्वागत गरेको छ।

सीमा विवाद : वार्ताबाटै समाधान खोज्नुपर्छ

नेपाल र भारतबीच भौगोलिक स्वामित्वलाई लिएर विवाद भइरहेका बेला नेपालले वार्ताकै माध्यमबाट विवाद समाधानको पक्षमा रहेको जनाएको छ । ‘हाम्रो तर्फबाट वार्ताकै माध्यमबाट विवाद समाधान गर्नेमै जोड हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

नयाँ नक्सा प्रयोगमा ल्याउन सबै निकायलाई परिपत्र

सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ। भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नयाँ नक्सा प्रयोग गर्न पत्राचार गरेको हो।

कोरोना त्रास र वातावरण

जहिल्यै अस्तव्यस्त सडक र गाडीहरूको आवाज, धुवाँ, धुलो गुन्जिने र उड्ने शहरमा अहिले शान्त वातावरण छाएको छ । चारैतिर सफा हावा र सफा आकाश हामीले देख्न सक्छौं । अरू बेला धुवाँ र धुलोले पूरै मुख नै ढाक्ने र सास पनि फेर्न नसकिने काठमाडौंका सडकहरू स्वास्थ्य हावामा सुनसान छन् ।

नयाँ नक्सा प्रयोगमा ल्याउन सबै निकायलाई परिपत्र

सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी,लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ । भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नयाँ नक्सा प्रयोग गर्न पत्राचार गरेको हो ।

संसद्मा नक्सा सच्याउने गृहकार्य सुरु

संघीय संसद्ले देशको नयाँ नक्साबमोजिम संसद्मा प्रयोग भइरहेको नक्सा सच्याउने गृहकार्य सुरु गरेको छ । सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संसद्मा विभिन्न प्रयोजनमा प्रयोग भएका पुराना नक्सा हटाएर नयाँ नक्सा राख्न लागिएको हो ।

खुसी खोज्ने मनहरू

पटकपटक भारतले नाकाबन्दी गर्दा, नेपाल र नेपालीलाई सताउँदा र उसको कमैया ठान्दा नेपाली युवा पुस्तामा नवीन चेतना आएको छ।

राष्ट्रपति, प्रधानमन्त्री र देउवालाई नयाँ नक्सा हस्तान्तरण

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको अद्यावधिक नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छन्।

नयाँ नक्सा अनुसार निशाना छाप बनाउन संविधान संशोधन विधेयक दर्ता

सरकारले नयाँ नक्सा अनुसारको निशाना छाप परिवर्तन गर्न संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो।

‘नेपालले आफ्नो भूमि मागेको हो’

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गर्दै अभिनेता राजेश हमालले अभिव्यक्ति दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले सीमालाई लिएर कुनै विवाद नभएको बताएका थिए ।

१,४७,५१६

सरकारको यो साहसिक कार्यसँगै मुलुकको मानचित्र बदलिएको छ। अबदेखि प्रत्येक बालबालिकाले आफ्नो प्यारो मातृभूमिको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भनी पढ्ने छन्।

भारतीय मिडिया भ्रमका सौदागर

भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज च्यानल खोलियो भने पहिलो पटक हेर्ने मानिसलाई त्यो कुनै ‘सर्कस’ को न्यारेसन हो वा समाचार छुट्याउन मुस्किल पर्छ।

मनिषामाथि खनियो भारतीय मिडिया

परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्