१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

जातीय भेदभाव र छुवाछूत समाजको कलङ्क हो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।

कोभिड महामारीका कारण पर्यटन आगमन ४४ वर्षयताकै न्यून

कोभिड महामारीको कारण अघिल्लो वर्षको तुलनामा सन् २०२० मा पर्यटक आगमन करिब ८१.० प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मात्र रहेको आर्थिक सर्वेक्षण ०७८/७९ ले देखाएको छ।

नीति तथा कार्यक्रमः बाँकेमा एकीकृत जाँचचौकी र विमानस्थल समेटिए

संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन

कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु ४८ लाख राजस्व संकलन भएको छ। यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो।

पशुपतिमा सुविधासम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन चासो देखाएका छन्।

विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।

उड्ड्यन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।

सार्वजनिक बिदा थपः पर्यटनमा राहतको अपेक्षा

सरकारले हालसम्म नियमित रुपमा शनिबार मात्र सार्वजनिक बिदा दिईरहेकोमा अब आइतबार पनि थपिदिँदा त्यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको भनाई छ। सातामा दुईदिन (शनिबार र आइतबार) बिदा हुँदा आन्तरिक पर्यटनले छलाङ मार्ने व्यवसायीको भनाई छ। कोरोना भाइरसले थलिएको पर्यटन क्षेत्रलाई उकास्न अहिले आन्तरिक पाहुनाको ठूलो सहयोग रहेकोमा अब पाहुना आगमन अझै बढ्ने व्यवसायीको अपेक्षा छ। बिदा थपिँदा घुम्न निस्कने आन्तरिक पाहुनाको संख्या बढ्ने व्यवसायीले बताएका छन्।

सकियो पर्यटन तथा व्यापार मेला

झण्डै पाँंच करोड बराबरको कारोबार गर्दै भक्तपुरको सल्लाघारीमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ। मेला करिव चार लाखले अवालेकन गरेको जनाइएको छ।

पर्यटन क्षेत्रमा उत्साह

पोहोरको तुलनामा विदेशी पर्यटक आगमन पनि ह्वात्तै बढेको शाहले बताए। गत वर्षको मार्चमा करिब १५ हजार पर्यटक आएकोमा यो वर्षको मार्चमा करिब ४२ हजार विदेशी पर्यटकको आगमन भएको शाहले बताए। ‘तेस्रो मुलुकसहित भारतबाट आउने पर्यटक बढेका छन्,’ शाहले भने, ‘विशेष प्याकेज ल्याएर पर्यटक आकर्षित गर्ने योजनामा छौं।’ नयाँ वर्षमा धेरै नेपाली घुम्न निस्किएका छन्।

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।

तीन करोड नेपालीको शिर झुक्न दिन्न: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन्।

अक्षरभन्दा तस्बिरले धेरै बोल्छः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्बिरले नै धेरै बोल्ने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्