८ वैशाख २०८१ शनिबार
अर्थ

सकियो पर्यटन तथा व्यापार मेला

झण्डै पाँंच करोड बराबरको कारोबार गर्दै भक्तपुरको सल्लाघारीमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ। मेला करिव चार लाखले अवालेकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाइएको छ।

मेलाका संयोजक दीपक थापाले सो मेला सफलतापूर्वक सम्पन्न भएको जनाए। आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले मेलामा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा सहभागी भएको जनाए।

सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा भएको डान्स आइडलको विजेता सन्जु तामाङ बन्न सफल भइन्। फर्स्ट रनरअप मोनालिशा धामी, सेकेण्ड रनरअप बिपिना तामाङ, बेष्ट प्रफरमेन्स करुणा खड्का र पंक्चुअलिटीको टाइटल रुना सुनामले जित्न सफल भए।

महोत्सवको केही रकम महोत्सव आयोजक संस्थामार्फत मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको बताइएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको थियो। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्त रुपमा मेलाको आयोजना गरिएको थियो।

प्रकाशित: ५ वैशाख २०७९ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App