१० कार्तिक २०८१ शनिबार
image/svg+xml

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरानालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।

कोरोनाले डब्लुएचओ संकटमा

‘अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्दा त्यसले विश्वव्यापी जनस्वास्थ्यय र अमेरिकीको स्वास्थ्यलाई समेत नराम्ररी प्रभाव पार्नेछ। संगठनमा सुधार भने आवश्यक छ।’

बाँकेमा साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी

कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित बाँकेमा रहेको एक स्थानीय तहले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकाले कुनै विषम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।

अर्थतन्त्रमा परेका प्रभावबारे छलफल

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा विभिन्न पक्षसँग छलफललाई तीव्र बनाएको छ।

राहत खर्च पारदर्शी गर्न सर्वाेच्चको परमादेश

कोरोना भाइरस (कोभिड–१९) को महामारीमा सरकारले वितरण गरेको राहत रकम पारदर्शी गर्न सर्वाेच्च अदालतले नेपाल सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले राहत वितरण कसलाई कसरी वितरण गरिएको हो भन्ने सम्बन्धमा स्पष्ट रुपमा सार्वजनिक गर्न आदेश दिएको हो ।

यसवर्षको गुँला पर्व स्थगित

भक्तपुरमा यसवर्षको गुँला पर्व स्थगित भएको छ । यसवर्ष यो पर्व आउँंदो साउन ६ गतेदेखि सुरु हुँदैछ । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुसँंगको बैठकले पर्व स्थगित गरेको हो ।

७० लाख ७१ हजार भन्दा बढी व्यक्तिले कोरोनालाई जिते

विश्वभर कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्।

पोखरेली पर्यटन व्यवसायी पनि साँचो बुझाउने तयारीमा

कोरोना भाइरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन्।

हावाबाट कोरोना सर्न सक्नेमा डब्लुएचओ सहमत

विश्व स्वास्थ संगठनले अन्ततः कोरोना भाइरस हावामा तैरिने ससाना कण (एरोसोल) का कारण सर्न सक्ने स्वीकार गरेको छ।

पाल्पामा जोर बिजोरमा कडाई, मास्क नलगाउने कारवाहीमा

पाल्पा जिल्लामा मोटरसाइकल र स्कुटरलाई जोर बिजोर प्रणालीमा कडाई गरिएको छ ।

हावामा कोरोना भाइरस भेटिएको भन्नेबारे गम्भीर समीक्षा गरिरहेका छौं : डब्लुएचओ

क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक एवं संक्रामक रोग विशेषज्ञ बाबेक जावेदले पनि कोरोना हावाबाट फैलिने सम्भावना व्यापक रहेको बताएका छन्। उनले भनेका छन्, ‘तर यसका लागि के परीक्षण गर्न जरुरी भने कोरोना हावामा कतिन्जेल रहन्छ। यस सम्बन्धमा यो प्रमाणको अझै अभाव छ।’

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

विद्यालय क्षेत्रको अवस्था सामान्य बन्दै

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनका रुपमा रहेका विद्यालयको अवस्था भारतबाट आउने नागरिकको कमी आएसँगै सामान्य बन्दै गइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्