१० कार्तिक २०८१ शनिबार
image/svg+xml

कोरोनाको मुहान पत्ता लगाउन वुहान जाँदै डब्लुएचओको टोली

अन्तर्राष्ट्रिय विशेषज्ञको एक टोली वुहान गएर कोरोना महामारीको सुरुवात कसरी भयो भन्ने पत्ता लगाउने कोसिस गर्नेछ।

कोरोनाबाट मृत्यु भएकाको शव गाड्न स्थानीयको अवरोध

गोरखामा शनिवार बिहान ५ बजे पहिलो कोरोना संक्रमितको मृत्यु भयो । असार १६ गते कतारबाटफर्किएका पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको मृत्यु्र भएपछि शव व्यवस्थापनको काम स्थानीय प्रशासनलाई चुनौती बन्यो । कारणः शव गाडेको ठाउँबाट कोरोना समुदायमा फैलन्छ भन्ने स्थानीयको बुझाई र प्रशासनको कमजोर तयारीले दिनभर गोरखा तनाबग्रस्त बन्यो ।

महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ।

गोरखामा कतारबाट फर्किएका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत ४४ बर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ।

अभिशप्त सदाहरू र निर्लज्ज सरकार

सरकार हरेक संवेदनशील विषयलाई उपेक्षा गर्दैछ। त्यसैले कोरोनाले भन्दा सरकारको उपेक्षाले जनताको ज्यान लिँदैछ।

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएको हो ।

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ।

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना समुदायमा फैलिन सक्ने चेतावनी

आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहट स्थायी घर भएका ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको हो। उनको स्वाब परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ।

विवादित बन्यो ‘कोरोना भाइरस रिमुभिङ कार्ड’

गत साता नेकपाले ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ बियोन्ड द वाल ट्रेडिङ कम्पनीबाट खरिद गरेको थियो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काको छोरा विप्लव केसीको सो कम्पनीले चीनबाट ल्याएको सो कार्ड बिक्री गरिरहेको थियो।

लकडाउनका कारण पीडितले राहत पाउन सकेनन्

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तार भएसँगै देश लकडाउन भएपछि वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण कार्य रोकिएको छ ।

म्याग्दीमा थप चार जनाले जिते कोरोना, निको हुनेको संख्या ६ पुग्यो

म्याग्दीमा चार जनाले शनिबार कोरोना जितेका छन् । सदरमुकाम बेनीको खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा उपचाररत एक महिलासहित चार पुरुषले कोरोना जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्