१० कार्तिक २०८१ शनिबार
image/svg+xml

एकैदिन ७० जना कोरोना मुक्त

प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु

दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।

कोरोना जित्नेलाई बेहुलाझैं सिँगारेर बिदाइ

कोरोना जितेर डिस्चार्ज भएका सिन्धुलीका तीन जनालाई बेहुलाझै सिगारेर अस्पतालले विदाइ गरेको छ। भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भाइरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ। दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ७० हजार भन्दा बढीको मृत्यु, ९० लाख ५१ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ ।

उदयपुरमा थप ५ मा कोरोना पुष्टि

उदयपुरमा भारतबाट घर फर्कनेहरुमा धमाधम कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुने क्रम जारी छ । आइतबारसम्म कोरोना पुष्टि भएका ५२ संक्रमितमध्ये पछिल्लो पटक थपिएका १९ जना सबै भारतबाट फर्केकाहरु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

कोरोनाबाट विश्वभर चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ।

लकडाउनका कारण विद्युत चुहावट बढ्यो

कोरोना भाइरसका कारण जारी लकडाउनले विद्युत चुहावट बढेपछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल विद्यत् प्राधिकरण तौलिहवामा वितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोन भाइरसका कारण जारी लकडाउनले अभियान रोकिएपछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुग्यो

प्रदेश २ मा शनिवार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महोत्तरी जिल्लामा २४, सर्लाहीमा २, रौतहटमा ५ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

औषधि अभावले रोकियो परीक्षण

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको ल्यावमा प्रयोग हुने औषधि अभाव भएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब परीक्षण रोकिएको अस्पतालले जनाएको छ ।

३ महिने शिशुसहित कपिलवस्तुमा थप १६ जनामा कोरोना

कपिलवस्तुमा ३ महिने शिशुसहित १६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै जिल्लामा संक्रमितको संख्या ६ सय ७३ पुगेको छ । जिल्लाका मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र वाणगंगा नगरपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित

भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु, ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

रौतहटमा संक्रमितको संख्या एक हजार भन्दा बढी

बुधबार एकैदिन रौतहटमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२७ थपिएसँगै जिल्लाका कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु र ८२ लाख ६५ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्