२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सीमा क्षेत्रका नागरिक अझै ढिकेनुनकै भरमा

कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन्। भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन्।

महुरे–राजापानी सडक गुणस्तरहीन

जिल्लाको महुरे–राजापानी सडक कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ। खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार खण्डमा पर्ने महुरे–राजापानी सडक कालोपत्रे गर्दा गुणस्तरहिन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको स्थानीयको गुनासो छ।

गुणस्तरहीन काममै ६१ लाख रुपैयाँ भुक्तानी

जिल्लाको मन्थली नगरपालिका ११ पन्थलीमा निर्माणाधिन तामाकोशी सिँचाइ आयोजनामा निर्माणको काम गुणस्तरहीन भएको उपभोक्ताहरुले गुनासो गरेका छन्। संघिय सरकार अन्तर्गतका सिँचाइ विभागबाट प्राप्त बजेटबाट सञ्चालन भएको उक्त सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएता पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीबाट ठेकेदारले भने ६० लाख ८४ हजार रुपैयाँको भुक्तानी लिई सकेका छन्।

अधिकांश मिठाइ गुणस्तरहीन

शनिबार बिहान चावहिलमा रहेको गुप्ता स्विट्स एन्ड चाट हाउसमा अनुगमन टोली पुग्दा पसलको भुँइतलाको कारखानामा कामदार मिठाइका परिकार बनाउन व्यस्त थिए। अँध्यारो कोठा, पानी र हिलोले डुवानमा परेको कारखानामा सामान्य सरसफाइको मापदण्ड समेत पूरा गरिएको थिएन।

बजार अनुगमनमा १० प्रतिशत कारबाही

वर्षैभरि बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी छ। उपभोक्ता प्रत्येक वस्तु खरिद र उपभोग गर्दा अन्योलमा हुन्छन्। तर, सरकारी निकाय भने बजारमा अनुगमन गरे पनि गुणस्तरहीन खाद्यवस्तु देख्दैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत वर्ष गरेको कामबाट यस्तै नतिजा देखिएको छ।

मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

सघन सहरी विकास कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकामा चक्रपथ निर्माण भइरहेको छ। जसअन्तर्गत धनगढी उपमहानगरपालिका–३ मा निर्माण गरिएको ८ दशमलब ९ किलोमिटर बाह्य चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ।

गुणस्तरहीन औषधि बेच्ने पसललाई कडा कारबाही गछौंः स्वास्थ्य मन्त्री यादव

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्।

‘सडक र पुलको काम ढिला र गुणस्तरहीन’

मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय महत्त्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै युवा संघ र योङ कम्युनिस्ट लिग खोटाङले विरोध जनाएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक–खण्डमा पर्ने सुनकोसी फोक्सिङटार पुल, मनमाया राई खानीडाँडा विमानस्थल मर्मतलगायत काममा चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको तिनीहरू आरोप छ।

लिफ्टिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन

खोटाङमा दूधकोसीको पानी गाउँमा वितरण गर्ने प्रयासस्वरुप सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन पाइएको छ। सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाको खानेपानी समस्या समाधान गर्न सुरु गरिएको करोडौंको आयोजनाको वितरण लाइनतर्फको काम गुणस्तरहीन भएको पाइएको हो। नगरप्रमुख इवन राई नेतृत्वको टोलीले माघ २४ गते गरेको अनुगमनका क्रममा वितरण लाइनअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा निर्माणाधीन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माणलगायतका काममा त्रुटि भेटेको छ।

तीन सय पेटी मदिरा बरामद

साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ। माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो।

अधिकांश खाद्यवस्तु गुणस्तरहीन

बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोक्ता खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन्। उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

गुणस्तरहीन दूध बेचे जेल

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो।

आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ।

मूल नहर सयभन्दा बढी स्थानमा भत्कियो

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्