१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बक्सर घिमिरेलाई उपाधि

नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’ को उपाधि जितेका छन्।

युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।

सीजीएग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ।

‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन्।महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन्।टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छिन।

पोखरामा सुरु भयो नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा फेस्टिभल शुरु भएको हो। दुईदिनसम्म चल्ने फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

पोखराको पर्यटनलाई ‘ड्रागन बोटरेस’ कोसेली

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुने भएको छ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलकै अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गर्ने तयारी पनि छ।

महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

सीप सिकेका करिब ५ सय महिलालाई सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क जोर्डन पठाउने भएको छ।

पढाइ मेलामा विद्यार्थीहरुका सिर्जना, सीप र कला प्रतिभाहरु प्रदर्शन

जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको थियो।

‘माटोबिना नै सहरी खेती गर्ने सिप सिक्यौं’

डेढ महिनाअगावै यस स्कुललाई महानगरपालिकाले कार्यक्रमका लागि पाँच लाख रकम अनुदान दिएको थियो। स्कुलका कक्षा ८ र ९ का विद्यार्थीले डेढ महिनाअघि विद्यालय परिसरमा रोपेको सागसब्जी तथा फूल अहिले बिक्री हुन थालेपछि विद्यार्थी दंग परेका छन्।

२५ औं वर्षको सफल लिडरसीप मनाउँदै बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजतजयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष: बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

नेपाल र भारतका युवा गिनिज बुकमा नाम लेखाउन दिनहुँ ५० किलोमिटर दौडिँदै

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकपटक म्याराथन दौडिएपछि धावकले तीनमहिना आराम गर्नुपर्छ। त्यहि भएर एउटा प्रतियोगितामा दौडिएको धावकले नजिकैको मितिको म्याराथन प्रतियोगितामा भाग लिँदैन। किनकी म्याराथन दौडिदा ईनर्जी धेरै खपत हुन्छ। जुन पूर्ति गर्न करिब तीन महिना लाग्छ। तर नेपाल र भारतका दुई युवा भने दैनिक ५० किलोमिटर दौडिने गरेका छन्। त्यो पनि खाली खुट्टा।

नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप गरिँदै

नृत्य प्रतिभा खोज्न ‘एसईई डान्स च्याम्पीयनसीप सिजन फोर’ हुने भएको छ। देशभरिका नृत्य प्रतिभालाई प्लेटफर्म दिएर उत्कृष्ट ३० जनालाई दश जोड दुई (प्लस टु)मा छात्रवृत्ति दिने उद्देश्यले सन २०१८ बाट शुरु भएको एसईई डान्स च्याम्पीयनसीपको चौथो श्रृङ्खला हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्