१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप गरिँदै

नृत्य प्रतिभा खोज्न ‘एसईई डान्स च्याम्पीयनसीप सिजन फोर’ हुने भएको छ। देशभरिका नृत्य प्रतिभालाई प्लेटफर्म दिएर उत्कृष्ट ३० जनालाई दश जोड दुई (प्लस टु)मा छात्रवृत्ति दिने उद्देश्यले सन २०१८ बाट शुरु भएको एसईई डान्स च्याम्पीयनसीपको चौथो श्रृङ्खला हुने भएको हो।  

च्याम्पीयनसीप आउँदो असार पहिलो हप्ता गर्ने तयारी गरिएको आयोजक बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका कन्सेप्ट डाईरेक्टर तथा डान्स डाईरेक्टर महेश गोदारले जानकारी दिए। गोदार नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो, छमछमी’का निर्णायक हुन्। 

तीन चरणमा हुने एसईई डान्स च्याम्पीयनसीपको पहिलो चरणमा प्रि–अडिसन, दोश्रो चरणमा प्रदेश फिनाले र अन्तिममा ग्राण्ड फिनाले हुने गोदारले जानकारी दिए । गण्डकी प्रदेशमा च्याम्पीयनसीपको प्रि–अडिसन बैशाख पहिलो हप्ता हुने उनले बताए। त्यसपछि जेठ अन्तिममा गण्डकीको फिनाले हुने र असार पहिलो हुने उनको भनाई छ। ‘असार २३ गते राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले गर्ने हाम्रो तयारी छ,’ उनले भने। 

हिसान, प्याव्सन र एन्प्याव्सनसँगको सहकार्यमा हुने च्याम्पीयनसीपमा उत्कृष्ट ३० मा पर्ने प्रतियोगी विद्यार्थीहरुलाई प्लस टु मा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने गोदारले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने उनले बताए। 

आयोजक बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका कन्सेप्ट डाईरेक्टर तथा डान्स डाईरेक्टर गोदारले डान्स कला भएकाले यसको भविष्य राम्रो रहेको बताए। ‘कला प्रस्फुटन गर्न सकियो भने यसलाई नै करियर बनाउन सकिन्छ। यहि कुरा बुझाउँदै डान्स गरेरपनि छात्रवृत्ति पाईन्छ र यसमार्फत नृत्य शिक्षालाई स्थापित गर्नका लागि च्याम्पीयनसीपलाई अभियानका रुपमा अगाडि बढाउने प्रयास गरिरहेका हौं,’ उनले भने।

प्रकाशित: २९ फाल्गुन २०७९ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App