२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सीजीएग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरूसँग द्विपक्षीय व्यापार बढाउन मदत पुग्ने सीजी एग्रोटेकले जनाएको छ।

सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ।

साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अप्ठ्याराहरूलाई सम्बोधन गर्न मदत गर्ने विज्ञप्तिमा उल्लेख छ। सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल-युएई बीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ हुने बताए। 

प्रकाशित: ५ श्रावण २०८० ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App