२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

२५ औं वर्षको सफल लिडरसीप मनाउँदै बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजतजयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष: बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ। सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएकाले अहिले बाइक भन्ना साथ बजाज सम्झिने जमात नै बनिसकेको छ।

८ लाखभन्दा बढी नेपाली ग्राहकहरूको मन जित्न सफल बजाजका बाइकहरू नेपालमै असेम्बल हुने गरेका छन्। नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरू असेम्बल गर्दै आएको छ। विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँनयाँँ र उत्कृष्ट डिजाइनका साथ नेपाली ग्राहकको मन जित्दै नेपालीहरूको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ।

त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर नयाँ प्रविधि र डिजाइनयुक्त मोटरसाइकलहरू ल्याएर नयाँ बेन्चमार्क स्थापित गर्दै आएको छ। मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनको विभिन्न मोडल उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताको आवश्यकता अनुसारका सवारी साधन उपलब्ध छन्।

उक्त अवसरमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले ‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औं वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको बताए। उनले भने ‘संस्थाको स्थापना कालदेखि आजसम्म आइपुग्दा धेरै लामो यात्रा तय गरेर आएका छौं।

प्रकाशित: २४ चैत्र २०७९ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App