२७ पुस २०८१ शनिबार
image/svg+xml

असिनापानी र हिमपातपछि चिसोले जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण उत्तरी धादिङको जनजीवन कष्टकर बनेको छ । आइतबार असिना पानी परेपछि चिसो अझ बढेको हो। हिमाली बस्तीहरुमा फुर्फुराउँदो तुसारो परेको स्थानीयहरुले बताएका छन्।

असिना पानीपछि उत्तरी धादिङमा हिमपात, भूकम्प पीडितको जनजीवन प्रभावित

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट बस्तीमा असिनापानी र हिमपात भएको परेको छ। आइतबार दिउँसो असिना पानीपछि हिमपात सुरु भएको स्थानीयले बताएका छन्।उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको छ।

पोखरी जोगाउँदै पानीका मूल बढाउँदै

‘उतिखेर गाउँभरि पोखरी र कुवा छ्यापछ्याप्ती थिए । पोखरी बनाउने र जोगाउने पुस्तौनी ज्ञान थियो । यिनै पोखरी र कुवाको पानीले कैयौं पुस्ता हुर्के बढे।’

जोडियो मेलम्ची पानीको सुरुङ

आउँदो दसैंमा राजधानीवासीलाई पानी खुवाउने गरी तीव्र गतिमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ बुधबार जोडिएको छ। यसले पूर्वघोषित मितिमै राजधानीको तिर्खा मेटिने आशा बलियो बनाएको छ।

मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटर मात्र बन्न बाँकी

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ,” खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने। यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो ।

एडिबीले हात झिकेपछि खानेपानी अायाेजना अन्याेलमा

सरकारी तथ्यांकअनुसार जिल्लाका ७८.४ प्रतिशत उपभोक्ताले खानेपानी तथा सरसरफाइको सुविधा पाएका छन् । सदरमुकामसहित गाउँगाउँको अवस्था हेर्ने हो भने यो तथ्यांक सही लाग्दैन ।

‘खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण’

डेढ वर्षदेखि बन्द उत्तरको मुख्य नाका खासा–तातोपानी नखुल्नुमा खासातर्फको क्षतिग्रस्त सडक मुख्य कारण रहेको स्थानीय तिब्बती अधिकारीले बताएका छन् ।

खानेपानी पैँचो चलाउँछन् बुस्रबाङका चेपाङ

चाउरिएका गाला। सेतै फुलिसकेका कपाल। पुरानो भइसकेको गन्जी। त्यस्तै पुरानो लुङ्गी लगाएकी। दुई घुँडा मारेर सकिनसी चाँतोमा कमै पिन्दै छिन् फुलमायाँ चेपाङ। उनी भन्दै थिइन् 'बलियाबाङ्गाहरु पानी बोक्न गए, म बुढीको काम यही त हो नि।'

बढी पानी पिउनु पनि हानिकारक

सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो कहाँ उल्टै हाइपोनेट्रिमिया हुन पुग्यो ।

पानी बोक्ने ट्यांकरलाई नयाँ नियम

लामो समयदेखि व्यवस्थित हुन नसकेको पानी बोक्ने ट्यांकर व्यवसायलाई पुुसको पहिलो हप्तादेखि लागु हुने गरी नयाँ नियम लागू हुने भएको छ। पानी बोक्ने व्यवसाय गर्ने ट्यांकरलाई सरकारी निकायमा दर्ता र वर्गीकरण गर्ने गरी  निर्देशिका बनाएर नियम लागू गर्न लागिएको हो।

हजार बढी पानी जहाज डुबेको ठाउँ

समुद्रका केही ठाउँ ज्यादै खतरनाक छन्। ती ठाउँमा पटक–पटक दुर्घटना भइरहन्छन्। यस्ता ठाउँलाई जहाजका चिहानघारी भनिन्छ। क्यारेबियन सागरको बर्मुडा ट्र्याङ्गल, यस्तै एउटा चिहानघारी हो। तर तपाईंलाई अचम्म लाग्ला– बर्मुडा त्रिकोणभन्दा पनि बढी जहाज डुब्ने ठाउँ अन्यत्रै छ।

पानी सुक्यो, छटपटिए माछा

पुनर्निर्माण गर्न पानी सुकाएपछि राजधानीको ऐतिहासिक रानीपोखरीका माछाको बेहाल भएको छ। रानीपोखरीको सबै पानी सुकेको छ। पीँधमा धाँजा फाटेको छ। रानीपोखरीकै एक छेउ रत्नपार्कतिर करिब एक रोपनीमा हिलो छ। त्यही हिलोमा माछा छटपटिइरहेका छन्।

हडियामा ३ करोड लगानीको खानेपानी सञ्चालनमा

जिल्लाको दक्षिणी गाविस हडियाको बहुप्रतिक्षित खानेपानी आयोजना सञ्चालनमा आएको छ । ९ वर्षदेखि निर्माण कार्य सुरु गरिएको ‘हडिया खानेपानी तथा सरसफाई आयोजना’ आईतबारदेखि विधिबत सञ्चालनमा ल्याइएको हो ।

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

गुरुको टोलीलाई जित्ने जापानी लक्ष्य

सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार पत्रकार सम्मेलनमा अनिलले मैत्रीपूर्ण खेलबाट जापानी खेलाडीसँग नयाँ सम्बन्ध कायम हुने अपेक्षा पनि गरे। उनले खेलमा कोही पनि हार्न नचाहने हुनाले नेपालले जित्नैका लागि खेल्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्