धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या
रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्।
रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्।
नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।
उदयपुरलाई चिरेर निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा पर्ने ५ वटा खोला खहरेहरुमा नयाँ पुल बन्दैछन्। राष्ट्रिय महत्वको आयोजना यो लोकमार्ग निर्माण हुनुपूर्व डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा प्राविधिक इस्टीमेटमा पुल बनाउन छुटेका बिभिन्न खोला खहरेमा पुल बनाउन थालिएको हो।
काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो।
बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।
बाल दिवसको अवसर पारेर आगामी मंसिर ४ गते पोखरामा छात्राछात्र सडक दौड आयोजना हुने भएको छ।
सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचित त्रिवेणी–कोरोला कनेक्सनका लागि दुम्किबास–त्रिवेणी जोड्न सुरुङमार्ग निर्माण गर्न सकिने बताएका छन्।
स्वास्थ्य राज्यमन्त्री खापुङले भने शीर्ष नेताहरुबीचमा पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे आफूलाई जानकारी नै नभएको बताए।
नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ।
बानेश्वरको बीच सडकमा देखिएको खाल्डोलाई सामान्य घटनाका रूपमा मात्र बुझ्नुहुँदैन। यस्तो परिस्थिति सबै सडकमा आउन सक्छ। गुणस्तर नभएको कामबाट अरू के नै अपेक्षा गर्न सकिन्छ र?
बेमौसमी वर्षाले बैतडीका ग्रामिण सडकमा सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन नचल्दा दैनिक उपभा्ग्य समानदेखि आवतजावत गर्न समस्या भएको स्थानीय बताउँछन्।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।
सडकको कालोपत्रे भत्किएर ठाउँ ठाउँमा ठूल्ठूला खाल्डा पर्न थालेका छन्। निर्माण सम्पन्न भएको दुई/तीन वर्षमै सडकमा खाल्डा परेपछि गुणस्तरीयता माथि शंका गर्न थालिएको छ।