८ पुस २०८१ सोमबार
image/svg+xml

चार स्रष्टा सम्मानित

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरेको छ। विगत २९ वर्षदेखि निरन्तर प्रदान गर्दै आइएका यी सम्मान साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरी तथा अभिनेत्री मनीषा कोइरालाले संयुक्त रूपमा प्रदान गरेका हुन्।

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन।

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रष्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

इटहरीमा स्रष्टालाई अपमान गरेको भन्दै प्रदर्शन

गत आर्थिक वर्षको बार्षिक बजेट भाषणमा इटहरीमा इ–लाइब्रेरी स्थापना गर्ने भनेर उपमहानगरले घोषणा गरेको भएपनि अहिलेसम्म एउटा किताव पनि खरिद नगरेको स्रष्टा तथा लेखक समाजद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन्।

स्रष्टाका नजरमा निजामती सेवा

कोभिड–१९ का बीच आयोजना गरिएको खुला कविता प्रतियोगितामा प्राप्त कविताले निजामती सेवाको वर्तमानको यथार्थलाई चित्रण गर्दै यसलाई युगानुकूल सशक्त बनाउन मार्गदर्शन समेत गरेको देखिन्छ।

भानु जयन्तीका अवसरमा एक दर्जन बढी स्रष्टा सम्मानित

विराटनगरमा सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेशमा रहेर साहित्य, कलालगायतको क्षेत्रमा विशेष योगदान दिने स्रष्टालाई सम्मान गरेको हो । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् ।

उपाधि कति औपचारिक कति अनौपचारिक ?

गायक नारायणगोपाललाई २०४५ सालमा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादक शिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने, ‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पद्वी दिइराखेको भाइ ?’

एक दर्जन स्रष्टा सम्मान गर्दै प्रदेश सरकार

प्रदेशका एक दर्जन बढी स्रष्टालाई प्रदेश १ सरकारले सम्मान गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेर भाषा, साहित्य, कला, रङकलालगायतको क्षेत्रमा विशेष योगदान पुर्याउने स्राष्टा सम्मान गर्न लगेको जनाएको छ ।

‘स्मृतिलोकको यात्रा’ विमोचनसँगै अन्तर्किया

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नारी स्रष्टाहरूको समूहले प्राध्यापक अञ्जना वस्ती (भट्टराई) को कृति ‘स्मृतिलोकको यात्रा’ माथि अन्र्तक्रिया गरेका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी, ज्ञानु पाण्डे र साधना प्रतीक्षालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

दुई स्रष्टाका कृति बजारमा

कविद्वय युयुत्सु आरडी शर्मा र शैलेन्द्र साकारको कृतिहरू बजारमा आएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा युयुत्सु आरडी शर्माको ‘पानाहरू खाली छन्’ काव्यकृति र शैलेन्द्र साकारको ‘भोजपुरे हुलाकीका सन्तान’ पुस्तकहरू सार्वजनिक भएका थिए।

नारी स्रष्टाका मुक्तक वाचन

मुक्तक दिवसको अवसरमा आयोजित मेलामा १३ नारी स्रष्टाले मुक्तक वाचन गरेका छन्। शनिबार नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मुक्तक मेलामा उनीहरूले मुक्तक सुनाएका थिए।

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ। मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ।

साहित्यिक स्रष्टा सम्मानित

आख्यानकार डा.ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबुका नाममा स्थापना गरेको दीप–गोविन्द स्मृति सम्मान कोषले गद्य लेखन र समालोचनामा सक्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्