१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नारी स्रष्टाका मुक्तक वाचन

काठमाडौँ – मुक्तक दिवसको अवसरमा आयोजित मेलामा १३ नारी स्रष्टाले मुक्तक वाचन गरेका छन्। शनिबार नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मुक्तक मेलामा उनीहरूले मुक्तक सुनाएका थिए।
मेलामा कवि रश्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, कोपिला घिमिरे, भगवती रोका , सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसी, विमला देवकोटा, तारा केसी र प्रतिक्षा पोखरेलले मुक्तक वाचन गरेका थिए।

कार्यक्रमका बोल्दै साहित्यकार यादव खरेलले मीठा मुक्तक सुन्न पाएकोले बताए। सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले मुक्तक प्रतिष्ठानसँग मिलेर यस किसिमको मेलाको आयोजना गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

प्रकाशित: २० माघ २०७६ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App