coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

इटहरीमा स्रष्टालाई अपमान गरेको भन्दै प्रदर्शन

इटहरी उपमहानगरपालिकाले स्रष्टालाई अपमान गरेको भन्दै बिहीबार प्रदर्शन गरिएको छ। उपमहानगरपालिकाको गेट अगाडि स्रष्टाहरूले प्रदर्शन गरेका हुन्।

स्रष्टा तथा लेखक समाजका मिथिला पोखरेलका अनुसार गत वर्ष २०७७÷०७८ को बजेटमा उपमेयर लक्ष्मी गौतमले गरेका बाचालाई कार्यान्वयन नगरेर स्रष्टालाई अपमान गरेका कारण कालो ब्यानर टाँगेर मौन रूपमा सांकेतिक विरोध गरिएको हो। इटहरीमा पछिल्लो समयमा कला, संस्कृति, साहित्यका लागि राष्ट्रियस्तरका प्रशस्तै गतिविधिसमेत हुन थालेका छन्। तर, स्थानीय सरकारले कला, संस्कृति र साहित्यलाई अपेक्षा गरे अनुसार सहयोग नगरेको स्रष्टाहरुले बताउने गरेका छन्।

स्रष्टाहरुका लागि इटहरीबासीले गाँस काटेर सहयोग गरेको तर जनताको सेवा गर्ने कसम खाएर र महँगो तलवभत्ता हात पारेर मँहगा गाडीमा सवार भएर पनि नगरको आर्थिक भौतिक अवस्था हुँदाहुँदै जनसेवा गर्न मन नगर्नु वा कन्जुस्याई गर्नु अपराध रहेको बताउँदै विरोध गरिएको छ।

इटहरी आसपासका गाउँपालिका र नगरपालिकाले भाषा, कला, साहित्य र संस्कृतिका विषयमा संविधानतः सुरुदेखि नै न्यूनतम २५ लाख देखि लिएर ५० लाखसम्म बजेट बिनियोजन गरेको भएपनि इटहरी उपमहानगरपालिकाले बारम्बार सल्लाह र सुझाव दिँदा पनि यस क्षेत्रलाई वेवास्ता गरिएको जनाइएको छ।

गत आर्थिक वर्षको बार्षिक बजेट भाषणमा इटहरीमा इ–लाइब्रेरी स्थापना गर्ने भनेर उपमहानगरले घोषणा गरेको भएपनि अहिलेसम्म एउटा किताव पनि खरिद नगरेको स्रष्टा तथा लेखक समाजद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रकाशित: २२ पुस २०७८ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App