८ पुस २०८१ सोमबार
image/svg+xml

भानु जयन्ती ४२ स्रष्टा पुरस्कृत

भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४२ जना स्रष्टाहरूलाई पुरस्कार वितरण गरेका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूबाट स्रष्टाहरूलाई पुरस्कृत गरेका थिए। कार्यक्रममा महाकवि देवकोटा पुरस्कारअन्तर्गत कवितामा विश्वविमोहन श्रेष्ठ, निबन्धमा देवीप्रसाद सुवेदी, आख्यानमा नयनराज पाण्डे, बाल–साहित्यमा जीवेन्द्रदेव गिरी र भाषामा रोचक घिमिरे पुरस्कृत भएका थिए। भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार विधा अन्र्तगत दलित मुक्ति आन्दोलनको क्षेत्रमा रणेन्द्र बराली, समाज सुधारक भद्रमान घले र कला लेखन तथा अनुसन्धानतर्फ रमेशरञ्जन झा पुरस्कृत भए।

छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान

यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना स्रष्टाहरूलाई प्रदान गरिएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गीतकार बुद्धवीर लामालाई गीत रचनातर्फको छिन्नलता पुरस्कार प्रदान गरेका थियो।

लोक स्रष्टा सम्मानित

राष्ट्रिय स्तरमा स्थापित भएर योगदान पु-याएका कलाकारलाई सम्मान गरेको धौलागिरि सांस्कृतिक समितिका संयोजक कृष्ण समिप सुवेदीले बताए।

सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

लोकगायिका डीक्रा पुरस्कृत

एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु-याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

लोकदोहोरी स्रष्टालाई सम्मान

स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको ठमेलस्थित पोखरा दोहोरी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो समयसम्म योगदान दिएका लोक स्रष्टाहरूलाई सम्मान गरेको छ।

स्रष्टालाई कार्टुनिस्टको सम्मान

नेपाली कार्टुन क्षेत्रमा योगदान दिने स्रष्टा र संस्थालाई नेपाल कार्टुनिस्ट क्लबले ‘बराथा स्मृति सम्मान’ र ‘स्वर्ण कुचीकलम’बाट सम्मान गरेको छ।

अमरराजको नागरिक अभिनन्दन

संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायको नागरिक अभिनन्दन गरिएको छ। संगीतबाट देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको भन्दै उनलाई ‘जन संगीत स्रष्टा’को उपाधिसहित नागरिक अभिनन्दन गरिएको हो।

गायिका लोहनीको सम्झनामा पुरस्कार

प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी लोहनीको ६६औँ जन्मदिनको अवसरमा लोक संगीतका क्षेत्रमा विशेष योगदान पु-याउनु हुने दुई जना स्रष्टालाई सम्मान गरिएको छ।

जदौ!

मृत्यु सबैभन्दा अप्रिय तर अवश्यम्भावी पाटो हो जीवनको । हो, सबैको जीवनको अन्त्य दुःखद नै हुन्छ । त्यसमा पनि आफूले आदर्श ठानेका, असल मानेका पात्रलाई असमयमै गुमाउनु पर्दाको पीडा कस्तो होला ?

पोखरेललाई ‘मदन–शीला स्रष्टा सम्मान’

भाषाविद् तथा प्राध्यापक बालकृष्ण पोखरेललाई ‘मदन–शीला साहित्य स्रष्टा सम्मान २०७४’बाट सम्मान गरिएको छ।

गणतन्त्र र स्रष्टा

नेपाली स्रष्टाले परिवर्तनका निम्ति चलेका आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूको योगदानलाई पन्छाएर यस प्रकारका आन्दोलनको चर्चा गर्न सकिन्न । राणाविरोधी आन्दोलनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। आन्दोलनको पृष्ठभूमिको निर्माणमै उनीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । सिर्जना र संस्थागत दुवै रूपमा यस्तो भूमिका निर्वाह गरिएको पाइन्छ।

छ स्रष्टालाई सङ्गीतनाट्य पुरस्कार

नेपाल संगीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई दिइने घोषणा गरेको छ।

स्रष्टाहरूलाई लुनकरण सम्मान

साहित्य, संगीतलगायत विविध विधामा योगदान पुर्‍याएका स्रष्टालाई राजधानीमा सम्मान गरिने भएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४ औं वर्षको अवसर पारेर स्रष्टा सम्मानको घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्