चार स्रष्टालाई बासु शशी सम्मान
कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीमा चार स्रष्टालाई ‘बासु शशी सम्मान’ प्रदान गरिएको छ ।
कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीमा चार स्रष्टालाई ‘बासु शशी सम्मान’ प्रदान गरिएको छ ।
बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई सन् २०१७ को ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार’ प्रदान गरेको छ।
विश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यका प्रभावशाली व्यक्तित्वहरूलाई साहित्य दूत सम्मान २०१८ घोषणा गरेको छ । नेपाली साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय विभिन्न देशका उत्कृष्ट ८ साहित्यकारलाई साहित्यदूत घोषणा गरिएको हो ।
कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई चितवन साहित्य परिषदले पुरस्कृत गरेको छ। संस्थाले लेखनाथ जयन्तीका अबसरमा शनिबार कृष्ण कृष्णा साहित्य पुरस्कार प्रदान गरेको हो।
पद्यमश्री साहित्य पुरस्कार २०७३ कवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइलाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको सो पुरस्कारको पछिल्लो संस्करण कविता संग्रहलाई प्रदान गरिएको हो ।
थोरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायले लेखक बन्नेहरू पनि प्रशस्त छन् भने तिनकै हाराहारीमा धेरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायद्वारा बनेका लेखक भने कमै पाइन्छन्। प्रतिभा प्रशस्त भएर पनि अध्ययन र अध्यवसायतर्फ नलाग्ने अथवा प्रतिभा र अध्ययनको अभावमा हिरिक्किए पनि अध्यवसायमा मरिमेट्ने नै जाँगरिला भइदिनु राष्ट्रको दुर्भाग्य हो।
संगीत, नृत्य, लोकगायन र नाट्य विधामा आबद्ध चार स्रष्टालाई राजधानीमा बुधबार पुरस्कृत गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई 'नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७३'बाट नगद १ लाख रुपैयाँ र ताम्रपत्रसहित पुरस्कृत गरेकी हुन्।
म्युजिक कम्पनी भाइब्स क्रिएसनका प्रबन्ध निर्देशक परशुराम रिजाल अचेल तनावमुक्त छन्। उनलाई न स्रष्टाले किचकिच गर्लान् भन्ने पिर, न टेलिभिजनमा भिडियो र प्रोमो आएन भन्ने चिन्ता। उनी चिन्तामुक्त हुनुको एउटै कारण हो– लोडसेडिङ मुक्त उपत्यका।
भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा योगदान पु¥याउने तीन स्रष्टालाई सम्मान गरेको छ । इलामका ८० वर्षीय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गरे ।