२७ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौं जिल्ला प्रशासनद्वारा मास्क लगाए, नलगाएको अनुगमन

काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ।

निषेधाज्ञामा कडाई, आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोभिड १९ को संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा आजदेखि राति ८ पछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।

बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक, भदौ ८ सम्म निषेधाज्ञा जारी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

खोकना–बुङमतीको जग्गा मुआब्जा विवाद छिट्टै समाधान गरिने

संसदीय समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तरगत देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको छ।

आज उपत्यकामा घण्टाकर्ण पर्व मनाइँंदै

उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।

काठमाडौं–रक्सौल रेलमार्ग अध्ययनः मन्त्री नियुक्तिपछि समझदारी

सरकार फेरिएसँगै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त गर्न नसक्दा समझदारीपत्रमा हस्ताक्षर पछि धकेलिएको हो।

भुक्तानी नपाएपछि उखु किसान आन्दोलनका लागि फेरि काठमाडौंमा

सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँतर्फ लागेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए। सचिव रायले आफूले पनि करिब २० लाख भुक्तानी नपाएको बताएका छन्।

तीन दिनभित्र कर तिर्न २३ वटा ठूला करदातालाइ काठमाडौं महानगरपालिकाकाे चेतावनी

महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो।

काठमाडौंमा भूकम्पको धक्का महसुस

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

काठमाडौं–१५ का १५ स्थानमा १५ दिने कोरोना जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नं. १५ समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोराना भाइरसबाट बच्ने र बचाउने जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ। वडा १५ का १५ स्थानमा १५ दिन सञ्चालन गरिएको अभियान शनिबार सम्पन्न भएको हो।

भक्तपुरमा भेरोसेलको दोस्रो मात्रा : खोप लगाउन २८ किलोमिटर यात्रा

उनले खोप अभियान चलिरहँदा बुधबारमात्र ६७ जना काठमाडौं ठेगाना भएका सेवाग्राही भएको बताए। ‘किन भनेर पनि सोधेँ, त्यो क्रममा उहाँहरुले काठमाडौंमा धेरै भीड छ, त्यहाँ बस्दा पालो नआउने भएपछि आएको बताए।’ इन्चार्ज साहले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्