२७ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौंमा स्थानीयको सुझाव सम्बोधन

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि करिब १९ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको नवौं अधिवेशनमा १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँ बराबरको बजेट पेस गरेकी हुन्।

एक हजार ५११ जनामा सङ्क्रमण पुष्टि हुँदा ५२ को मृत्यु

काठमाडौं उपत्यकामा चारसय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सङ्क्रमण हुनेमा काठमाडौँ जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पुष्टि भएको हो

मेलम्ची फेरि अन्योलमा

हेडवर्क्स र मुख्य प्रवेश मार्ग २–२ वटा र एउटा अस्थायीसहित पाँचवटा पुल बगेको छ। मेलम्चीको विभिन्न खण्डमा करिब ९–१० किलोमिटर प्रवेशमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

उपत्यकाका तीन सिडिओहरु बैठक बस्दै, निषेधाज्ञालाई व्यवहारिक बनाउने विषयमा छलफल

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु क्रमशः काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच हुने बैठकमा निषेधाज्ञालाई कसरी व्यवहारिक बनाउने भन्ने विषयमा छलफल हुनेछ।

मेलम्ची नगरपालिकालाई काठमाडौँ महानगरपालिकाको दुई करोड सहयोग

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्।

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।

काठमाडौं म्यारियटको सहयोग

काठमाडौं म्यारियट होटलले कतारी शाही परिवारकी सदस्य सेख आस्मा अल थानी र किवानिस इन्टरनेसनल नेपालको संयुक्त सहयोगमा चक्र स्मृति (सिएम) पाठशालाका विद्यार्थीलाई खाद्य सामाग्री र सरसफाइका सामान वितरण गरेको छ।

तास, कौडा र १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ।

किराना पसल साविक बमोजिम खोल्न पाउनुपर्ने माग

किराना व्यवसायीहरुले साविक बमोजिम नै पसल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोभिड १९ महामारीको संक्रमणलाई घटाउन र जारी निषेधाज्ञालाई कडाइ गर्नका लागि किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय भएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै साविक अनुसार सञ्चालनको माग गरेका हुन्।

जेठ २० गतेसम्म निषेधाज्ञा थप, किराना र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

मंगलबार काठमाडौंँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

परीक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका

महानगरपालिकाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन सङ्क्रमण बढिरहेका छन्। नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो।

काठमाडौंमा बैंकका तीन शाखा मात्र खुल्ने

कोरोना महामारी नियन्त्रणका लागि वैशाख १६ मा निषेधाज्ञा गरिएयता बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए।

७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा २ हजार ८ सय २१

पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ७ सय ६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्