१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा २ हजार ८ सय २१

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दै आइतबार सोको संख्यामा संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएकामध्ये ७ हजार ५९८ को पीसीआर परीक्षण र ३१६ जनाको एन्टिजेन परीक्षण गरिएको बताए।  

यसैगरी सोही अवधिमा ७ हजार ६६४ जना संक्रमणमुक्त भएको र १२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आइतबार थपिएकामध्ये काठमाडौँ उपत्यकामा मात्र २ हजार ८ सय २१ जना रहेका छन्। उनका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ७ सय ६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App