२७ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

काठमाडौं म्यारियटको सहयोग

काठमाडौं म्यारियट होटलले कतारी शाही परिवारकी सदस्य सेख आस्मा अल थानी र किवानिस इन्टरनेसनल नेपालको संयुक्त सहयोगमा चक्र स्मृति (सिएम) पाठशालाका विद्यार्थीलाई खाद्य सामाग्री र सरसफाइका सामान वितरण गरेको छ।

सिएम पाठशाला गोकर्णेश्वर, जोरपाटीस्थित सानो गैर–नाफामुखी संस्था हो, जसले मजदुरका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ। यस संस्थाले हाल ५५ बालबालिकालाई शिक्षा दिइरहेको छ। म्यारियट इन्टरनेसनलले विभिन्न तीन सय ६० कार्यक्रम म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै काम गरिरहेको छ। 

म्यारियटको २०२५ सस्टेनेबिलिटी एन्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौं म्यारियटसमुदायमा सकारात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App