२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुलुककै पुरानो चन्द्र नहर बाढीले भत्काउदा करोडौंको क्षति

बाढीका कारण मुलुककै सबैभन्दा पुरानो चन्द्रनहरमा क्षति पुगेको छ । नहरका विभिन्न भागका बाँध भत्केपछि करोडौंको क्षति भएको हो।

चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार सप्तरीको तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँध भत्किदा करोडौंको क्षति भएको हो।

हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ।क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ।

लामो समयदेखि संरक्षणविहिन रहेको चन्द्रनहरको पछिल्लो दुई वर्षयता पुनःनिर्माण हुँदै आएको छ । बाढीका कारण नहर बन्द भएपछि किसान चिन्तित भएका छन् । नहर मर्मतका लागि आवश्यक रकम नहुदा समस्या भएको छ । 

प्रकाशित: २७ आश्विन २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App