२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लमजुङमा बोलेरो जिप दुर्घटना, २० जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-६ मकैडाँडाबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्। 

क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ज ८५५१ नम्बरको जिप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार दिउँसो साढे ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए। 

उनका अनुसार घुम्तिको ओरालोमा टर्निङ नमिल्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। "जिपमा २१ जना सवार थिए, हामीले घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल पठाएका छौं। थप विवरण आउन बाँकी छས" डीएसपी श्रीवास्तवले नागरिक न्युजसँग भने।

घाइतेहरूलाई उपचारका लागि लमजुङ अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ आश्विन २०८१ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App