२७ आश्विन २०८१ आइतबार
image/svg+xml

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

काठमाडौं परिसरका डीएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

काठमाडौं महानगरपालिकामा असार पहिलो सातादेखि विद्यालय संचालन गर्न निर्देशन

सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने

काठमाडौं उपत्यकामा २ लाख बढी संक्रमित: ७२.७ प्रतिशत निको, ०.७६ प्रतिशतको मृत्यु

उपत्यकाका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी छन्। तथ्यांकअनुसार काठमाडांमा १ लाख ५८ हजार ९ सय ९१ जना संक्रमित रहेका छन् भने भक्तपुर र ललितपुरमा क्रमशः १५ हजार ९ सय ३ र २६ हजार ८ सय ८३ जना रहेका छन्।

काठमाडौं अर्थतन्त्रको पनि राजधानी

अर्थतन्त्रमा एउटै क्षेत्र हाबी हुँदा यसले कुनै पनि बेला चुनौती सिर्जना गर्न सक्छ। अर्थतन्त्रको हिस्सामा यस्तै अवस्था रहे काठमाडौं उपत्यकामा केही गरी लामो समयसम्म समस्या आए यसले मुलुककै अर्थतन्त्रलाई जटिल समस्यामा पार्नेछ।

सोल्टी होटलको नाम अब दी सोल्टी काठमाडौं

सोल्टी होटललाई इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँगको व्यावस्थापन सम्झौतापछि दी सोल्टी काठमाडौं को रूपमा पुनः ब्रान्डिङ गर्ने तयारी भएको छ।

उपप्रधानमन्त्री र उपत्यका मेयर फोरम बैठक : ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे।

अक्सिजनको अभाव देखाएर सार्वजनिक सूचनाका नाममा जनतामा त्रास फैलाउने कार्य नगर्नूः प्रशासन

काठमाडौं प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ।

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

कोरोना संक्रमण : ९ हजार ३ सय ५ थप, काठमाडौं उपत्यकामा मात्र ३ हजार ९ सय२४, १ सय ६८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौँ उपत्‍यकाका मात्र ३ हजार ९ सय२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा जेठ १० गतेसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जेठ १० गतेसम्म निषेधाज्ञा थप्नेबारे छलफल गरेका छन्।

कक्षा ८ को परीक्षा स्थगित

यसअघि आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको परीक्षा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरेको हो।

लम्बियो उपत्यकाको निषेधाज्ञा, घरबाहिर निस्कन कडाइ

‘यो अघिको निषेधाज्ञामा अनावश्यक रुपमा हिँड्नेहरु पनि देखिए, त्यसले गर्दा पनि निषेधाज्ञा, निषेधाज्ञा जस्तो भएन, यो पटक भने कडा हुन्छ, हामीले प्रहरी प्रशासनलाई त्यही अनुसार गर्नका लागि निर्देशन दिन्छौं।'

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ। जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

समस्या परे जनप्रतिनिधिलाई सीधै सम्पर्क गर्न आग्रह

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्