२७ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सोल्टी होटलको नाम अब दी सोल्टी काठमाडौं

सोल्टी होटललाई इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँगको व्यावस्थापन सम्झौतापछि दी सोल्टी काठमाडौं को रूपमा पुनः ब्रान्डिङ गर्ने तयारी भएको छ। 

यस होटलको व्यावस्थापन तथा सञ्चालन अब उप्रान्त आतिथ्य व्यवसायमा ५४ वर्षभन्दा बढीको अनुभवी नेपालको आतिथ्य उद्योगको अग्रणी तथा मार्गदर्शक संस्था सोल्टी होटल लिमिटेड आफैंबाट हुने बताइएको छ। दी सोल्टी काठमाडौंका अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडौं पनि रहेको छ, जो नेपालको एक मात्र इन–फ्लाइट क्याटरिङ सेवा प्रदायक हो। 

यो अन्तराष्ट्रिय स्तरको मापदण्डमा सञ्चालित रहेको र कम्पनीले आइएसओ २२०००ः२०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जेयुटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा सञ्चालन गर्छ। कम्पनीले नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर पाँचतारे होटल पनि स्थापना गरेको छ र उक्त होटल संयुक्त राज्य अमेरिकाको युएस ग्रिन बिल्डिङ काउन्सिलबाट लिड (लिडरसिप इन इनर्जी एन्ड एन्भायरन्मेन्टल डिजाइन) प्रमाणीकृत नेपालको एकमात्र होटल हो। काठमाडौं सहरको मुख्य केन्द्र ताहाचल क्षेत्रमा अवस्थित दी सोल्टी काठमाडौं होटल २०२३ सालमा सुरु भएको थियो। 

प्रकाशित: ३१ वैशाख २०७८ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App