२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

निषेधाज्ञा उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ।  

झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिए। पराजुलीले भने,“सङ्क्रमण नियन्त्रण गर्नैपर्ने छ, आम नागरिकलाई भन्छु एक हप्ता कष्ट सहेरै भए पनि घरमै बसौँ।”

पछिल्लो २४ घण्टामा मुलुकभर छ हजार ७१४ नयाँ सङ्क्रमित थपिएकामा काठमाडौं उपत्यकाका एक हजार ४९३ छन्। बढ्दो सङ्क्रमण रोक्न काठमाडौं प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App