१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन दिनभित्र कर तिर्न २३ वटा ठूला करदातालाइ काठमाडौं महानगरपालिकाकाे चेतावनी

काठमाडौँ महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै  तीन दिनभित्र घर जग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ।  

महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो।  

उनीहरुबाट करिब ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ। तोकिएको समय भित्रपनि अटेर गरेर कर नतिरे ती करदाताहरुको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने सहितको कडा कारवाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताए। उनले भने, 'कर दाखिलातीनदिनभित्रपनिनगरे राजस्व ऐन, स्थानीय सरकार संचालन ऐन र प्रचलितकानुन, नीति, नियमअनुसार उनीहरुको व्यवसायतालाबन्दीगर्ने, सम्पत्ति रोक्कागर्ने लगायत कडा कारवाहीगरिनेछ।'

काठमाडौं महानगरपालिका राजस्वविभागको कार्यालयले गतअसार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लव, युनाईटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपालक्षयरोग केन्द्र, नेपाल रेडक्रस सोसाईटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन्।  

त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबीकम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजीप्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि ३ दिनभित्र कर असुलगर्न माईकिङ समेत गरेर ताकेतागर्नु परेको महानगरले जनाएको छ।  

विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरुलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदापनि अटेर गरिरहेको बताए। राजस्वविभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ। तर ठूला करदाताहरुले कर नतिर्न अदालत जाने लगायतका काम गरेपछि असुलीको काम आफैले गर्नु परेको विभागीय प्रमुख अधिकारीले स्पष्ट पारे। तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिनभित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित समेत गरेको छ।

प्रकाशित: १३ श्रावण २०७८ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App