४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मृत्यु हुने अधिकांश दीर्घरोगी

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये महोत्तरीकी ४ वर्षिया बालिका समेत छन्। यस्तै गोरखा र रुपन्देहीका एक/एक महिला छन्। थप मृतकमा झापा, रौतहट, चितवन र भक्तपुरका पुरुष रहेका छन्। यो सँगै मृतकको संख्या २२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष छन्।

कोरोनाबाट चितवनमा थप एकको मृत्यु

चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

नलको पानी जम्ने खाल्टोमा डुबेर बालकको मृत्यु

कपिलवस्तु नगरपालिका–७ धमौलीमा नलको खेर जाने पानी जमेको खाल्टोमा डुबेर ढेड वर्षका बालकको मृत्यु भएको छ । घरमा रहेको नल नजिकै रहेको खाल्टोमा डुबेर स्थानीय जैसराम अहिलको छोरा पंकजको डुबेर मृत्यु भएको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको छ।

अरिङ्गालकाे टाेकाइबाट बालककाे मृत्यु

समयमै उपचार नहुँदा शुक्रबार राति ९ बजे बाटोमै उनको मृत्यु भएको हो । बालक घरनजिकै माथिल्लो भावरको रातीमाटे डाँडामा आफ्ना साथीसँग गाई–गोरु चराउन गएका थिए ।

विजयरामको मृत्युबारे अनुसन्धान सुरु

राष्ट्रिय मानवअधिकार आयोगले दलितहरूमाथि हुने गरेका हिंसाका दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै विजयराम चमारको मृत्युबारे अनुसन्धान सुरु गरेको छ ।

साढे तीन घण्टामा एकको मृत्यु

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार भदौमा देखिएको तथ्यांकले आगामी दिन थप भयावह हुने संकेत गरेको छ । कोरोना संक्रमितको घट्दो निको हुने दर र बढ्दो मृत्युदर मुख्य चुनौती देखिएको छ ।

प्रदेश २ मा एकैदिन ५ को मत्यु

प्रदेश २ मा शुक्रबार एकैदिन काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ ।

चितवनमा उपचाररत गोरखाका एक पुरुषको कोरोनाबाट मृत्यू

चितवनमा उपचाररत ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ति पुरुष प्रेसर र निमोनियाका बिरामी थिए ।

विद्युतीय शवदाह गृहमा कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार गर्दै नेपाली सेना

पशुपतिमा अन्तिम विदाई कोरोना संक्रमित व्यक्तिको मृत्युपछि दाहासंस्कारबारे सरकारले गाइडलाईन बनाएको छ। त्यही गाइडलाईन अनुसार संक्रमितको अन्तिम संस्कार हुने गर्छ। कतिपय ठाउँमा अन्त्येष्टिको लागि लैजाँदै गर्दा अवरोध समेत भएका छन्। काठमाडौंमा विद्युतीय शवदाह गृहमा नेपाली सेनाले कोरोनाबाट मृत्युभएकाको दाहसंस्कार गर्दै आएको छ।

बाराका थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका जिल्लाका थप दुई जना कोरोना भाइरस संक्रमितको मंगलबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका तीन जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्