१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कामदार सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको छत्तिसगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार डिस्टलरी उद्योगमा काम गर्ने कामदारलाई लिएर फर्किदै गरेको बस माटो खनेर बनेको खाल्डोमा खस्दा दुर्घटना भएको हो।

बसमा ४० जना कामदार सवार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रकाशित: २८ चैत्र २०८० ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App