नवनियुक्त चार मन्त्रीले लिए शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।
नेपाल उद्योग परिसंघ पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ।
व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।
बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोडने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको व्यवसायीले बताए। एकसाताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको व्यवसायीको भनाई छ। व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायातको पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिडडुल पनि कम भएको छ।
नेपाल पर्यटन बोर्डले युएनडीपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्तर्गत बोर्डले गरेका कार्यक्रमको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।
पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए।
चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा १ लाख ५९ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।
नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा विभिन्न विमानस्थल आसपास रहेको ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन गरिएको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ।
सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।