२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन्। विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उजले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्।

शिक्षा र स्वास्थ्यमा लगानी बढाए दोहोरो अंकको वृद्धि : विश्व बैंक

नेपालले स्वास्थ्य र शिक्षामा लगानी बढाए दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने दातृ निकाय विश्व बैंकले जनाएको छ। विश्व बैंकले राजधानीमा बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्ण मात्रामा सुधार ल्याउन सके आर्थिक क्षेत्रमा फड्को मार्ने जनाएको हो। ‘नेपालसँग आर्थिक वृद्धिदर दोहोरो अंकले बढाउन सक्ने सामथ्र्य छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो पूरा गर्न सम्पूर्ण जनतामा पूर्ण शिक्षा र स्वास्थ्यको व्यवस्था हुन जरुरी देखिन्छ।’ विश्व बैंकले उत्पादकत्व र श्रम क्षेत्रलाई प्रतिस्पर्धात्मक गराएर नेपाल मध्यम आय राष्ट्रको स्तरमा उक्लिन सक्ने औंल्याएको छ।

शैक्षिक भ्रमणमा गएका दुई बिद्यार्थीको डुबेर मृत्यु

खोलामा डुबेर खोटाङमा दुई बिद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो।

मट्टितेल अर्थतन्त्रमा हाम्रो शिक्षा

मैले पढ्ने बेलामा गाउँमा बिजुली थिएन। मट्टितेलको टुकी बत्तीको उज्यालोमा पढ्नु पर्ने। एउटा बत्ती हुन्थ्यो घरभरिमा। त्यसले चुल्हो, भान्छा, मूल ओछ्यान, अगेनु सबैतिर उज्यालो पार्नु पर्ने। बेलुकीको खाना खाई भाडा चुल्हो सबै सफा गरी सकेपछि बल्ल पढ्नका लागि बत्ती पाइने।

सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्दै उनले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताए। मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।

योगशिक्षालाई विद्यालयस्तरमा राखिने

योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ। शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिए।

बढ्दो बेरोजगारी र चिन्ता

शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेसागत अनुभव अथवा सीपका आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार हुँदाहुँदै पनि जागिर खाने प्रवृत्तिले युवा बेरोजगारी र विशेषगरी शिक्षित बेरोजगारीको स्थितिले भयावह रूप लिन पुगेको हो।

शैक्षिक सुधारका लागि छैन बजेट

वार्षिक बजेटमा सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयमा गणित, अंग्रेजी र विज्ञानका स्वयंसेवक शिक्षक परिचालन गर्ने सरकारी निर्णय सार्वजनिक गरेका छन्। सो कार्यका लागि सरकारले १ अर्ब ५ करोड विनियोजन गरेको छ।

शिक्षामा १ खर्व ६३ अर्व बजेट, विद्यालयमा नि:शुल्क सेनटरी प्याड

आर्थिक वर्ष २०७६/०७७ मा शिक्षामा १ खर्व ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड अनुदान दिइने बताए।

शिक्षामन्त्रीकोअल्पज्ञान

गणतन्त्र भन्दैमा राजाले गरेका राम्रा कुराको आलोचना गर्नु जरुरी छैन न त राजाले खोल्न लाएको स्कुल भन्दैमा उत्कृष्ट र नमुना स्कुलको विरोधै गर्नु जरुरी छ। ००० मुलुकी प्रशासनको हरक्षेत्रमा दलीय नेटवर्किङ र शिक्षा जगतलगायत समाजका हरक्षेत्रमा दलीयकरण गर्न मन पराउने उनको दल वा सरकारले बुढानीलकण्ठ स्कुललाई दलीयकरण नगरिदिए हुने।

‘शिक्षा विधेयक फिर्ता लिनुको विकल्प छैन’

सरकारले विश्वविद्यालयमा राष्ट्रिय सभामा पेश गरेको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक,२०७५ मा विश्वविद्यालयका पदाधिकारीहरुको विश्वविद्यालयबारे निणर्य गर्ने अधिकार समेत खोस्ने भएको छ । स्वायत्त निकाय विश्वविद्यालयलाई आफ्नो नियन्त्रणमा लिने गरी शिक्षा विधेयक ल्याउने तयारीलाई विज्ञहरुले विश्वविद्यालयमाथिको सरकारी नियन्त्रण भनी आक्रोश भनेका छन् ।

शिक्षामा बजेट बढाउन सांसदको माग

सांसदहरुले शिक्षामा बजेट बढाउन सरकारसंग माग गरेका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभुत गरेको शिक्षाको अधिकार सबैमाझ पुर्याउनका लागि बजेट बढाउनुपर्ने माग गरेका हुन्।

राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन्।

शैक्षिक ब्यापारीको कार्यक्रममा जिम्मेवार व्यक्ति जानु अशोभनीय : तामाङ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले शैक्षिक ब्यापारीले आयोजना गरेको कार्यक्रममा सरकारका जिम्मेवार ब्यक्ति जानु शोभनीय नभएको बताएका छन्।

बंगलादेशका निजी मेडिकल कलेजमा प्रतिबन्ध लागेन

नेपाल मेडिकल काउन्सिलले बंगलादेशका निजी मेडिकल कलेजमा नेपाली विद्यार्थी पठाउन रोक लागाउन सिफारिस गरे पनि शिक्षा मन्त्रालयले सो सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्