२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन

सवा दुई करोड खर्चेर तयार पारिएको आयोगको प्रतिवेदनमा प्रारम्भिक विद्यालय शिक्षादेखि उच्च शिक्षा सुधारका सुझावसहितको प्रस्ताव विज्ञहरूले दिएका थिए।

बुबाले आत्महत्या गरेपछि छोरी पढाइ छोडेर मेलापातमा

चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेका थिए। तर, गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई भने दुःखले छोडेको छैन।

गगन थापाको नजरमा छाया सरकार, शिक्षा मन्त्रालय हाँक्न ल्याए ३ कार्ययाेजना ? (भिडियो)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले छाया सरकार नौलो अभ्यास नभएको बताएका छन्। पार्टीको संसदीय दलले सोमबार छाया सरकार गठन गरेर शिक्षा मन्त्रालयको समन्वय समितिको जिम्मेवारी दिएका बेला मंगलबार नागरिक न्यूजसँग कुरा गर्दै नेता थापाले संसदीय प्रजातन्त्र भएको मुलुकमा छाया सरकारको अभ्यास हुँदै आएको बताए।

दल–दलमा फसेको शिक्षा

हरेक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा नीतिबारे आफ्नो दृष्टिकोण राखेका पाइन्छ। जस्तै तत्कालीन एमाले जनमुखी शिक्षा नीति, माओवादीले जनवादी शिक्षानीति अनि कांग्रेसले समाजवादी शिक्षा नीति भन्दै चुनावी प्रचार अभियानलाई तीव्रता दिँदै आएकाछन्।

निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक विकास र सामाजिक परिवर्तन शीर्षकमा विद्यालय शिक्षा बारे गरिएको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन सम्पन्न तथा विपन्न दुवै पृष्ठभूमिका विद्यार्थीले एकै थलोमा अध्ययन गर्न पाउनु पर्ने देखाएको हो।

दिगो पाइलाको खुत्रुके वितरण कार्यक्रम

शिक्षा, स्वास्थ र सामाजिक विकासका क्षेत्रमा कार्य गर्दै आएको तीन वर्ष पुरानो गैरसरकारी संस्था दिगो पाइलाले विकासका लागि युवा जनशक्ति शिक्षित, सचेत र बढी जिम्मेवार हुनुपर्ने अवधारणाले शिक्षा क्षेत्रमा काम गर्दै आएको छ।

संसदीय समितिमा कोरम नपुगेपछि सभापतिको सर्कुलर, योगेश भट्टराईले गरे ‘डिफेन्स’

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सदस्यहरुलाई निर्देशन दिएकी छिन्। समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन्।

बोर्डिङ छोडेर सरकारीमा लहर

र्भाकोट नगरपालिकाका लिलाधर चपाई सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी सन्तानलाई भने बोर्डिङ स्कूलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्।

भारतीय सहयोगमा क्याम्पस भवनको निर्माण

भारत सरकारको सहयोगमा उदयपुरमा क्याम्पस भवन निर्माण गरिएको छ। ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित चौदण्डीगढी नगरपालिकाको श्री आदर्श शिक्षा क्याम्पसको २ तले भवनको शनिबार सांसद नारायण खड्काले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए।

बाल मनोविज्ञानको तस्बिर

लेखक डि.आर. ‘तिलस्मी’ उपन्यास लिएर आएका छन्। बालमनोविज्ञान, सामाजिक परिवेश र युवाको अठोट शक्ति भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ यसले। उपन्यासलाई पठनीय बनाउन, शिक्षा, स्वास्थ्य, फेसन र खेलकुदलाई पनि चट्नीका रूपमा राखिएको छ। उपन्यासकार लेख्छन्ः ‘एउटा युवाले लक्ष्य प्राप्तिका लागि गरेको त्याग, समर्पण, अरूका लागि प्रेरणा बन्न सक्छ। कल्पनाको यो तस्बिरभित्र बाल मनोविज्ञान, पारिवारिक संस्कार, सकारात्मक सोच, इच्छाशक्ति र असल युवाको संगतले कायाकल्प भएको देखेँ र लेखे।’

विद्यार्थी २५, शिक्षक १३

वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्।

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’

सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रम आयोजना गरेको छ।

शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

शिक्षाविद्हरुले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने सरकारले तत्काल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे।

बजेटमा सर्वसुलभ शिक्षाको व्यवस्था गर्न अनेरास्ववियूको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्