२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दिगो पाइलाको खुत्रुके वितरण कार्यक्रम

काठमाड – शिक्षा, स्वास्थ र सामाजिक विकासका क्षेत्रमा कार्य गर्दै आएको तीन वर्ष पुरानो गैरसरकारी संस्था दिगो पाइलाले विकासका लागि युवा जनशक्ति शिक्षित, सचेत र बढी जिम्मेवार हुनुपर्ने अवधारणाले शिक्षा क्षेत्रमा काम गर्दै आएको छ।

यसैअन्तर्गत संस्थाले सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदानलगायतका कार्यक्रम सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन शुभचिन्तकलाई खुत्रुके वितरण गरेको छ।

संस्थाले तीन सरकारी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २४ विद्यार्थीलाई अध्ययनमा सहयोग गरिरहेको छ। त्यस्तै, विगत दुई वर्ष देखि चन्द्रागीरि नगरपालिका– २ को चम्पाशिखर माविमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App