आईसिसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
आजको खेलमा इङ्ग्ल्यान्डले जित हात पारे सेमिफाइनलमा पुग्ने छ भने वेस्ट इन्डिजले जितेमा उसको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहनेछ।
समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले अङ्क तालिकाको शिर्ष स्थानमा छ भने वेस्ट इन्डिज तेस्रो स्थानमा रहेको छ।
समूह ‘ए’ बाट भने न्यूजिल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ।
प्रकाशित: २९ आश्विन २०८१ १०:२५ मंगलबार