१९ आश्विन २०८१ शनिबार
image/svg+xml
भिडियो

बजेटमा सर्वसुलभ शिक्षाको व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन्। ५० औं विद्यार्थी एकता दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नवीना लामाले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेकी छिन्। लामाले गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दाबी गरिन्।

त्यस्तै अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता जनाए। २०२१ जेठ १ गते तत्कालीन विद्यार्थी संगठनहरुले निकालेको प्रर्दशनमाथि पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App