काठमाडौं- आर्थिक वर्ष २०७६/०७७ मा शिक्षामा १ खर्व ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड अनुदान दिइने बताए। सरकारले मदनभण्डारी विज्ञान विश्वविद्यालयका लागि १ अर्ब १० करोड विनियोजन गरेको छ। रंगिन पाठ्यपुस्तकको लागि २ अर्ब २१ करोड विनियोजन गरिएको छ। विद्यालयमा सेनटरी प्याड निशुल्क उपलव्ध गराउने पनि अर्थमन्त्रीले बताए।
प्रकाशित: १५ जेष्ठ २०७६ ११:३० बुधबार