७ वैशाख २०८१ शुक्रबार
विचार

शिक्षामन्त्रीकोअल्पज्ञान

‘हिजोका बुढानीलकण्ठ जस्तो स्कुल एउटा खास सम्भ्रान्त वर्ग निर्माणका लागि थियो, आमजनतालाई स्तरीय शिक्षा उपलब्ध हुनेगरी बनाइएको थिएन’–शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गत हप्ता एउटा टेलिभिजनको ‘टक सो’मा दिएकायो अभिव्यक्तिले उनको अल्पज्ञानत देखाउँछ नै। कसैले खाएको लाएको, गतिलो शिक्षा पाएको– भलै त्यो उस्ले ठूलोमेहनतर दुःख गरेर पाएको किन नहोस्–देख्नै नहुने,त्यो सम्भ्रान्त, शोषक, सामन्ती भइहाल्नेपरम्परागत कम्युनिस्ट संकीर्णता र पूर्वाग्रह पनि यो अभिव्यक्तिमा झल्कन्छ। वाक्यैपिच्छे अमेरिकी साम्राज्यवाद रट्ने उनीहरूमध्ये धेरैका छोराछोरी आफैँं पनि अमेरिका, अस्ट्रेलिया आदितिर पलायन हुन थालेपछि धन्य अचेल त्यसोचाहिँभन्दैनन्।पहिले जस्तो भएको भए त राजाहरूले बनाउन लाएको र बेलायतको सहायताबाट बनेकोत्यो स्कुल घरेलु सामन्तवाद र विश्व साम्राज्यवादको षड्यन्त्रसमेत भइसक्थ्यो।

स्कुलका वास्तविकता
विविधताबीच एकताको ध्येय राखेर, समाजका हर तह र तप्काका विद्यार्थीलाई गुणस्तरीय र सम्पूर्ण शिक्षा दिनेगरी एउटा नमुना स्कुल खोल्न राजा महेन्द्रले ब्रिटिस काउन्सिलका प्रतिनिधि लिन्डन क्लोसँग छलफल गरेका रहेछन्, सन् १९६४मा। परिणाम,बिस्तृत अध्ययन र उपयुक्त स्थानको खोजीपछि बेलायत सरकारको प्राविधिक र वित्तीय सहायतामा १९७२मा स्थापित बुढानीलकण्ठ स्कुल १९७३ देखि सञ्चालनमा आएको हो। १९९४ मा स्कुलको व्यवस्थापन नेपाली पक्षलाई हस्तान्तरण गर्नुपूर्व बेलायती पक्षद्वारा नै सञ्चालित उक्त स्कुल अहिले पनि पढाइ,अतिरिक्त क्रियाकलाप,भौतिक र शैक्षिक पूर्वाधारको उपलब्धता सबै कुरामा अद्यापि अब्बल मानिन्छ। जहाँभर्ना पाउन अभिभावक मरिहत्ते गरिरहेका हुन्छन्।

शुल्क तिर्ने र शुल्क नतिर्ने दुईथरी विद्यार्थी हुने उक्त स्कुलमा सशुल्कपट्टिमहँगा निजी स्कुल जत्तिकै नभए पनि मनग्ये शुल्क असुलिन्छ तर नाफाका लागि होइन।नेपाल सरकार आफैँ पनि सम्मिलित व्यवस्थापनअन्तर्गत सञ्चालित सो सामुदायिक स्कुललेसंकलित शुल्कबाट हुने आम्दानी र सरकारद्वारा प्राप्त हुने अनुदानबाट शुल्क तिर्नु नपर्ने विद्यार्थीको खर्चबेहोर्नेगर्छ। पढ्न, खान, बस्न सबै थोक निःशुल्क हुने यो समूहमा दुर्गम क्षेत्रलगायत देशभरिबाट जेहेनदार तर गरिब घर÷परिवारबाट विद्यार्थी भर्ना गरिन्छ। त्यसका लागि स्कुलको टोली नै देशभर खटिएर जान्छ जसले स्थानीय पदाधिकारीको सहयोगमा विद्यार्थी छानोटको काम गर्छ। सशुल्कपट्टि पनि प्रवेश परीक्षाको माध्यमबाट प्रतिस्पर्धाका आधारमा विद्यार्थी छनोट हुन्छ।

स्कुलका विशेषता
स्कुलको ध्येय र सबैभन्दा सुन्दर पक्ष पनि के हो भने धेरैजसो मध्यम वर्गबाट भर्ना हुने सशुल्क समूह र गरिब तथा पिछडिएको परिवार एवं देशका दूरदराजका क्षेत्रबाट आउने निशुल्क समूह दुवैतिरका विद्यार्थी स्कुलमा आएपछि आआप्mनो आर्थिक, सामाजिक, वर्गीय, जातीय, क्षेत्रीय पृष्ठभूमि र हैसियत पूरै बिर्सेर एक हुन्छन्।उनीहरूकै ‘टिन एजर’ भाषामा भन्नुपर्दा उनीहरू आपसमा ‘जिगरी’साथी बन्छन्। जोआआप्mना घरबाट बाबु÷आमाले लगिदिएका, पठाइदिएका खानेकुरा आपसमा बाँडेर, खोसेर खान्छन्। डाइनिङ हलमा एकअर्काको जुठो र छात्राबासमा एकअर्काको ओछ्यान साटासाट गर्छन्। त्यहाँ कोही बाहुन–क्षत्री, कोही दलित, कोही मधेसी, कोही थारू र कोही जनजाति हुँंदैनन्।भएपनि छुट्टिंँदैनन्। उनीहरूबीचछुवाछूत, उच–नीच, धनी–गरिब केही हुँंदैन।उनीहरूकोहीगामबेसीको पाखे,कोहीदेहातको गवारर कोहीकाठमाडौँको सदरिया हुँंदैनन्, मात्र साथी हुन्छन् एकअर्कामा तँ तँ भन्ने।

जात र थरको त कुरै छाडुँ,उनीहरूका बीचमा सम्बोधन पनि नामले भन्दा स्कुलले दिएको नम्बरले हुन्छ (प्रत्येकको सुरुदेखि अन्त्यसम्म एउटै रजिस्टर्ड नम्बर हुन्छ)। अथवा साथीभाइकै समूहले दिएको वास्तविक नामभन्दा भिन्न अर्कै कुनै नाम वा नम्बरले हुन्छ।यस पंक्तिकारको छोरो त्यहाँ पढ्दा भेट्न गएका बेला पहिले अरु साथीले देखे भने ए ५५२ (स्कुलको रजिस्टर्ड नम्बर) वा ए चरो (साथीभाइले राखेका नाम) तेरो बाउ आ’छ भनेर कराउँथे। उसको वास्तविक नाम उनीहरूले बोलाएको मैले कहिल्यै सुनिन। मानवबीचको नैसर्गिक र आधारभूत समानता कस्तो हुन्छभनेर कुनै समाजशास्त्रीलाई अध्ययन गर्न मन लागे त्यो स्कुलमा गएर, त्यहाँका कक्षा कोठादेखि होइन, भोजनघर, छात्राबास र खेलकुद स्थलसम्मको अध्ययन गरे हुन्छ। अफसोस्, यस्तो स्कुल देशभरि खोल्ने अजेन्डा हुनुपर्ने कम्युनिस्टहरूहामीकहाँत्यसप्रतियस्तो पूर्वाग्रहीछन्।

पंक्तिकारको अनुभव
सशुल्क कोटामा भर्ना भएर४ कक्षादेखि ए लेभलसम्मको पढाइ त्यही स्कुलबाट सकाएको मेरो छोराकोसाथी धेरैजसो निःशुल्क कोटा समूहका हुन्थे। उसको ‘बेस्ट फ्रेन्ड’ त सप्तरीको एउटा विपन्न र निरक्षर थारूपरिवारबाट निःशुल्क कोटामा छानिएको विद्यार्थी थियो जो छुट्टीहरूमा प्रायःऊसँंगैहाम्रो घरमा बस्न आउँथ्यो। लामाछुट्टीमा घरै जाने भए तापनि छोटो अवधिका छुट्टीमा काठमाडौँबाहिरका ऊ जस्ता विद्यार्थी घर जान सक्दैनथे। त्यस्तोमा पढाइ नभएपनि सुनसान बनेको स्कुलको छात्राबासमै बसिरहनुपथ्र्यो, जुन पट्यारलाग्दो हुन्थ्यो। त्यसैले उनीहरूमध्ये धेरै यस्तै काठमाडौँका आआप्mना बेस्ट फ्रेन्डहरूका घरमा बस्न जान्थे। हामीलाई पनि छोराको बेस्ट फ्रेन्ड बस्दै आउँदा आफ्नै अर्को छोरा घरमा आएजस्तो लाग्थ्यो। र,स्नेह र हर्षका साथ उसलाई मीठो लाग्ने खानेकुरा पकाएर ख्वाउँथ्यौँ। मानवीय सम्बन्धलाई सधैँवर्गीय दृष्टिकोणबाट हेर्ने र त्यसमा द्वन्द्वको छिद्र खोज्दै हिँड्नेहरूलेशायद यस्ता कुरा बुझ्दैनन्।

लामो समयसम्म प्रिन्सिपल रहेका रनेताहरूलाई पटकपटक स्कुलको अवलोकन भ्रमण गराउँदा गराउँदा थाकेका सरले यो पंक्तिकारसँग भनेको कुरा सम्झन्छु। (प्रथम) जनआन्दोलनपछि सत्तामा पुगेका र नपुगेका पनि धेरैजसो कम्युनिस्ट पार्टीका नेताहरूसुरुसुरुमा स्कुलबारे वर्तमान शिक्षामन्त्रीको जस्तै धारणा राख्दारहेछन्। जुनबेलाबखत संसद्लगायतका अनेक मञ्चमा अभिव्यक्त पनि हुंँदोरहेछ। पछि कुनै बखत स्कुल निरीक्षण गर्ने अवसर मिलेपछिचाहिँउनीहरूको बुझाइमा १८० डिग्रीको अन्तर आउँदोरहेछ। निरीक्षणका क्रममा सुरुमा निकै आक्रामक र उत्तेजित बन्दै प्रश्न गर्ने उनीहरू प्रिन्सिपलले एक घन्टा सबै घुमाएर फर्कँदा त हामीले नबुझेका रहेछौँ, स्कुल त यस्तो पो हुनुपर्ने भन्न थाल्दारहेछन्। शिक्षामन्त्री नै रहेका कमरेड पोखरेलले स्कुल निरीक्षण, अवलोकन गर्नुभएको छैन भनेर त कसरी भन्नु ? तर उहाँको अभिव्यक्तिबाट अहिलेसम्म उहाँलाई त्यो फुर्सद नजुरेकै देखियो।

शिक्षामन्त्री जस्तै एकथरिले राजाका भाइ÷छोरा पढाउन त्यो स्कुल बनाएको पनि भन्दारहेछन्। त्यो सत्य हो÷होइन थाहा छैन तर सत्य हो नै भने पनि त्यसमा नराम्रो कुराचाहिँ के भयो त? स्कुल पढ्न पनि विदेशै पठाएको भए पो बरु नराम्रो हुन्थ्यो त। राजा भएर पनि आफ्ना सन्तानलाई आफ्नै देशको सामुदायिक स्कुलमा पढ्न पठाउनु त राम्रै कुरा होला नि। गरिब परिवार र दूरदराजका दुर्गम क्षेत्रबाट आउनेलाई साथी बनाएर, उनीहरूसंँगै एउटै डाइनिङ टेबुलमा बसेर खाना खाएर, एउटै छात्राबासमा बसेर, एउटै चउरमा खेलेर जीवनका ‘फर्मेटिव’ उमेर बिताउन पठाउने राजा, राजपरिवारका कार्यको त तारिफ गर्नुपर्ने हो। त्यो तउनीहरूले आफ्ना सन्तानले देश बुझून्, समाज बुझून्, समाजसँग अन्तर्घुलित होऊन्, सामाजिकीकरण गरुन्एवंतल्लो तह र तप्काका जनता पनि उनीहरूका साथी बनून्, राजकुमार भएर सानो दायरामा नखुम्चिऊन् भनेरै गरेका होलान्। गणतन्त्र भन्दैमाराजाले गरेकाराम्रा कुराको आलोचना गर्नु जरुरी छैन न त राजाले खोल्न लाएको स्कुल भन्दैमा उत्कृष्ट र नमुना स्कुलको विरोधै गर्नु जरुरी छ।

अन्त्यमा
अनि बुढानीलकण्ठ स्कुल पढ्नेमाराजपरिवार, यो पंक्तिकारको जस्तो मध्यमवर्गीय परिवार र सप्तरीको विपन्न किसान हीरा चौधरीको परिवारका मात्र होइन, देशको राष्ट्रपति विद्या भण्डारी र सबैभन्दा चर्चित कम्युनिस्ट नेता मदन भण्डारी दम्पतीका सन्तान पनि छन् भन्ने कुरा त अहिले भण्डारीकै दलसँग एक हुन गएको मन्त्री पोखरेललाई स्मरण हुनुपर्ने विषय हो। खैर, उनलाई स्मरण भएपनि नभएपनि, मुलुकी प्रशासनको हरक्षेत्रमा दलीय नेटवर्किङ र शिक्षा जगतलगायत समाजका हरक्षेत्रमा दलीयकरण गर्न मन पराउने उनको दल वा सरकारले यो स्कुललाई यो वा ऊ बहानामा दलीयकरण नगरिदिए हुने।आफ्नो छोराले त्यो स्कुल छाडेको धेरै वर्ष भएकाले आजका मितिमा त्यो स्कुल पहिलेकै जस्तो छ वा बिग्रन सुरु भएको छ वा अझ बिग्री नै सक्यो भन्नेबारे पंक्तिकार जानकार नभए पनि त्रिभुवन विश्वविद्यालयको नियति त्यसले बेहोर्न नपरे हुने।डा.गोविन्द केसीसँग भएको चिकित्सा शिक्षाको व्यापारीकरणविरुद्धको सम्झौताचाहिँ कसरी हुन्छ तोडमरोड गरेर मेडिकल माफियालाई पोस्न चाहेको भन्ने आरोप खेपिरहेका मन्त्री पोखरेलसँग त्यति अनुरोध छ, बस् !

प्रकाशित: १३ जेष्ठ २०७६ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App